संसदमा कोरोना वहसः भित्रिन नदिन बहुराष्ट्रिय सहकार्य गरौं

२३ फागुन, काठमाडौं । सांसद दिलेन्द्र प्रसाद बडुले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन बहुराष्ट्रिय सहकार्यको आवश्यकता औल्याएका छन् ।

सांसद गगन थापाले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि आफ्नो धारणा राख्दै बडुले कोरोना भाइरससँग लडन्का लागि नेपालले मात्रै चेकजाँच गरेर नहुने भएकाले बहुराष्ट्रिय सहकार्यको आवश्यकता औल्याए । नेपालबाट बाहिर जाँदा ती मुलुकहरुले चेक गर्ने भएपनि नेपाल आउनेलाई पनि सोही मुलुकबाट चेकजाँच गरी भाइरस फ्रि अवस्थाको सर्टिफिकेट जारी गर्ने गरी सहकार्य गर्नुपर्ने बताएका हुन् ।

भारतसँगको खुला सीमाना र विमानस्थलमा विशेष सावधानी अपनाउन आग्रह गर्दै उहाँले स्वास्थ्यकर्मीहरुलाई तालिम दिएर उनीहरुको मनोबल उच्च राख्नुपर्ने बताए । उनले सरकारलाई विश्वसनीय तयारीमा जुट्न पनि आग्रह गरे ।

उनले भने, ‘उच्च मनोबलका साथ भरपर्दो, विश्वसनिय तयारीमा सरकार जुटोस । जनतालाई आश्वस्त पार्ने गरी सरकार आफ्नो तयारीका साथ अगाडी बढोस् ।’

नेपालमा अहिलेसम्म कुनै अप्रिय घटना नभएपनि विश्वस्वास्थ्य संगठनले संक्रमित मुलुकहरुमा नेपालीहरुको आवतजावत बढी हुने भएकाले उच्च जोखिमको क्षेत्रमा रोखेको बताए ।

अहिलेसम्म कुनै संक्रमण नदेखिएपनि संक्रमण भएको अवस्थामा के गर्ने, आइहाल्यो भने पूर्वतयारी गर्ने तर्फ सचेत रहने र तयारी हुने सुविधा अझै भएकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उनले बताए ।

सांसद नवराज सिलवालले औषधि उत्पादनको अवस्थातर्फ सरकारले ध्यान दिनुपर्ने बताए । संसारका मुलुकहरुले व्यापक रुपमा तयारी गरिहेको अवस्थामा नेपालले पनि त्यो ढंगले तयारी गर्नुपर्ने उल्ले गर्दै उहाँले औषधि व्यवस्था विभागमा ३ सय ८४ उद्योग गर्दा भएपनि ८० प्रतिशत कच्च पदार्थ चीनबाट आउने भएकाले यसको विकल्पतर्फ सोच्न जरुरी रहेको बताए ।

इरानमा स्वस्थ्यमन्त्री लगायत १७ जना सांसदहरु नै संक्रमित रहेको तर्फ सचेत गराउँदै सिलवालले अमेरिका लगायतका देशका यसको रोकथामका लागि विशेष कदम चालिरहको बताए ।

सांसद खगराज अधिकारीले कोरोना भाइरस विरुद्ध नेपालले लड्न सक्ने क्षमता राख्छ भन्ने कुराको सन्देश दिन जरुरी रहेको बताए । जनतामा यसबारे अनावश्यक सन्त्रास फैलिएको उल्लेख गर्दै उहाँले सीमा क्षेत्रमा सावधानी अपनाउनुपर्ने, अस्पतालहरुको व्यवस्थापन तर्फ ध्यान दिनुपर्ने माग गरे ।

जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि धारणा राख्दै सांसद भीम रावलले मुलुकभित्र प्रवेशका स्थानहरुमा परीक्षण र नियन्त्रणको गम्भीर व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । भारतको राजस्थानमा कोरोना भाईरसको प्रभाव देखिएको र त्यहाँ नेपालको सुदुरपश्चिम क्षेत्रका नागरिक बढी रहेको भन्दै त्यस तर्फ ध्यान दिन पनि आग्रह गरे ।

उनले अस्पताल र उपचारसेवाको पुर्व प्रबन्ध गर्न , भीडभाड हुने कार्यालयहरुमा सामान्य यन्त्रबाट परीक्षण गर्ने काम प्रारम्भ गर्न, आपुर्ति व्यवस्थामा जनतालाई आश्वस्त गर्न, सरसफाईको पुर्व प्रबन्ध मिलाउन सरकारलाई आग्रह गर्दे यस्ता प्रकारका महामारीसंग जुध्न सबैसंग साझेदारी गर्दे संकल्पका साथअघि बढ्नुपर्ने बताए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top