आजका प्रमुख खबरहरुः
१.(जोगिरा सररर)
आज फागु पूर्णिमा अर्थात रङहरुको पर्व होली पहाडी र हिमाली जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइयो/भोली तराईंमा मनाइने /कोरोनाका भाइरसको त्रासका कारणयस वर्षको होलीमा चहलपहल न्युन ।
२.(उच्छृंखलताको परिणाम)
काठमाडौ उपत्यकामा होलीमा उच्छृंखल गतिविधि गर्ने ७ सय ११ जना चालक प्रहरी नियन्त्रणमा /कोरोना भाइरसको डरले पनि गत वर्षको तुलनामा यस पटक होलीसँग जोडिएका उच्छृङखल गतिविधिमा कमी आएको प्रहरीको भनाई ।
३.(सन्तोषजनक सुधार)
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार / नियमित रुपमा चेकजाँच भइरहेको र स्वास्थ्यमा क्रमिक सुधार भएपनि डिस्चार्ज गर्ने समय अहिले भन्न नसकिने चिकित्सकहरुको भनाई ।
४.(कोरोनाका लागि…..)
सरकारले फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई पनि ’अनअराइभल’ भिसामा रोक लगायो /नेपालका विदेशस्थित सम्बन्धित कूटनीतिक नियोगबाट भाइरसमुक्त स्वास्थ्य परीक्षण रिपोर्ट पेश गरेर मात्रै नेपाल आउने व्यवस्था ।
५.(सर्तकताको सकस)
तेस्रो मुलुकबाट सामान आयात बन्द नभएको उद्योगमन्त्री लेखराज भट्टको भनाई /तेस्रो मुलुकबाट आउने सामानमा रोक नलगाइएको तर वस्तुबाट समेत कोरोना सर्ने सम्भावना रहेकाले केहीदिन नाकामा सामान राख्नुपर्ने बाध्यता रहेका उल्लेख ।
६.(केही होला कि ?)
कोरोना त्रास देखाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने तथा चर्को मूल्य असुल्नेविरुद्ध कारबाही गर्न नेपाल प्रहरीसहितको संयुक्त अनुगमन संयन्त्र बन्ने / काठमाडौंमा तत्कालै सुरु हुने यस्तो युनीफाइड अनुगमन प्रदेशमा भने प्रदेश सरकारको अनुकुलतामा गठन गरिने ।
७.(तरुणको खबरदारी)
दैनिक उपभोग्य बस्तु, खाद्यान्न, ग्यास, माक्स, औषधिलगायत अत्यावश्यक साम्रगीको अभाव र कालोबजारी नियन्त्रण गर्न नेपाल तरुण दलद्वारा सरकारको ध्यानाकर्षण / कालोबजारी र कृतिम अभावको निगरानी गर्न तरुण कार्यकर्तालाई निर्देशन ।
८.(तमोरमा गोताखोर)
तमोर नदीमा बेपत्ता भएका भारतीय नागरिक नोवेल मेडिकल कलेजमा अध्ययनरत भिनित शर्मालाई खोज्नकालागि गोताखोर टोली परिचालन / फोटो खिच्ने क्रममा लडेर बेपत्ता भएका भिनित तीन दिन देखि बेपत्ता ।
९.(कार्कीको कुकृत्य)
आफन्तको संरक्षणमा बस्दै आएकी १४ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा धरान–६ पानबारीका सन्तोष कार्की पक्राउ / स्कुटर सिकाउने बहानामा जंगलको बाटो लगेर फागुन ११ गते बलात्कार गरेको किशोरीद्वारा कार्की्विरुद्ध सोमबार किटानी जाहेरी ।
१०.(विप्लवलाई धक्का)
प्रतिबन्धित विप्लव समूहका बारा जिल्ला ईन्चार्ज इन्द्रबहादुर नकडोली (परियार) पक्राउ /सिमरा लगायत अन्य क्षेत्रमा रहेका एनसेल टावरमा क्षति पुर्याउने, चन्दा असुली गर्ने क्रियाकलापमा संलग्न रहेको आरोप ।
११.(सरकारकै निर्णय अलपत्र)
काठमाडौं उपत्यकामा सञ्चालित १८ पेट्रोल पम्पलाई हटाउने निर्णय गरेको २ महिना विते पनि सरकारी निर्णय कार्यान्वयनको प्रक्रिया अघि बढन सकेन /निर्णय कार्यान्वयनको प्रक्रिया अघि बढेको आयल निगमका प्रवक्ता बिरेन्द्रकुमार गोइतको दाबी ।
१२.(अस्तब्यस्त बजार)
सोमबार एसियामा शेयर बजार खुल्न नपाउँदै उच्च गिरावट /शेयर बजार ओरालो लाग्नुमामा कच्चा तेलको मूल्यमा उच्च गिरावट र कमजोर आर्थिक तथ्याङ्क /कच्चा तेलको मूल्यमा ३० प्रतिशतसम्म गिरावट ।
१३.(स्टारमय रारा)
आहा रारा गोल्डकप अन्तर्गत तेस्रो क्वाटरफाइनलमा थ्री स्टारद्वारा भारतको गान्तोक फुटबल क्लब ३—० ले पराजित /थ्री स्टारले सेमिफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्ने/ मंगलबार त्रिभुवन आर्मी र संकटा खेल्ने ।
१४.(कतारको सावधानी)
कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपालसहित १४ देशका यात्रुमाथि कतारद्वारा अस्थायी रुपमा प्रतिबन्ध /कतारमा १५ जना कोराना भाइरस संक्रमित रहेकोमा ३ जना आप्रवासी कामदार रहेको कतार सरकारको भनाई ।
र,
१५.(कोरोनाको तथ्याङक)
कोरोना भाइरसका कारण इरानमा ज्यान गुमाउनेको संख्या २ सय ३७ पुग्यो /हालसम्म विश्वमा ३ हजार ८ सय ८२ जनाको मृत्यु/ एक लाख ११ हजार बढी संक्रमीत/६२ हजार ६ सय घर फर्किए ।