आजका प्रमुख खबरहरुः
१.(होलीको उल्लास)
रंगहरुको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गर्दै आज तराईमा उल्लासमय वातावरणमा मनाइयो /वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागतरूपमा मनाउने चलन ।
२.(स्वस्थ्य बन्दै प्रधानमन्त्री)
प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पूर्ण स्वास्थ्य सूचक सामान्य रहेको चिकित्सकको भनाई /मिर्गौला प्रत्यारोपणपछि आवश्यक पर्ने सम्पूर्ण चिकित्सकीय सेवा तय भएपछि मात्रै प्रधानमन्त्रीको डिस्चार्ज गरिने ।
३.(कहिले आउँछ औषधि ?)
भारतले प्रतिवन्ध लगाएका औषधि बाहेक अन्य वस्तु आयातमा कुनै समस्या नरहेको सरकारको भनाई /औषधि एवं अत्यावश्यक वस्तुहरुको सहज र नियमित आपूर्ति व्यवस्थापनका विषयमा छलफल भइरहेको भनाइ ।
४.(बहाना नबनाउ सरकार)
कुनै व्यक्तिमा कोरोना भाइरस (कोभिड—१९) को आशंका देखिएमा आफै क्वारेन्टाइनमा बस्नुपर्ने / संक्रमण देखिएपछिको जिम्मा सरकारले लिने/ कोरोनाका विषयमा थप प्रचारप्रसार गरिने स्वास्थ्य मन्त्रीको भनाइ ।
५.(रोजगारी होइन जीवन जोगाउ)
कतारको अस्थायी प्रतिबन्दपछि वैदेशिक रोजगार विभागद्वारा कतार जाने नेपाली कामदारहरुका लागि श्रमस्वीकृति दिन स्थगन /कतारबाट आउन चाहने यात्रुलाई भने नेपाल एयरलाइन्सले उडान नरोक्ने ।
६.(नेपालीलाई कोरोना)
संयुक्त अरब इमिरेट्स (युएई)मा दुई जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि आवुधावीस्थित नेपाली राजदूतवासले विवरण संकलन गर्दै / युएईमा अहिलेसम्म ५९ जनामा कोरोना भाइरसको संक्रमण ।
७.(छिमेकीको धर्म)
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र भारतीय राजदूत विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता /भूकम्पपछि भारतले गरेको सहयोग र कोरोना भाइरसविरुद्ध लड्नका लागि भारतले गरेको सहयोगको प्रशंसा ।
८.(परीक्षामा असर पर्देन)
कोरोना भाइरसका कारणले कुनै संकट नदेखिएकाले त्रिभुवन विश्वविद्यालयले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत रुपमा सञ्चालन गर्ने /परीक्षाका लागि बिहीबारदेखि उपत्यका बाहिर प्रश्नपत्र पठाइने ।
९.(ए ! कता ?)
राप्रपा संयुक्तसँगको एकीकरणपछि पार्टी फुट्न नदिने राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाको प्रतिवद्धता / बुधबार राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकता घोषणा हुँदै / पार्टी फुट्छ कि भन्ने सोच र आशंका नलिन आग्रह ।
१०.(कानुनका कुरा)
अदालतको अवहेलना गरेको मुद्दामा प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीसहित चार उच्च अधिकारी लिखित जवाफसहित सर्वोच्च अदालतमा उपस्थित /अदालतको आदेशमा रिहा भएकालाई पुन पक्राउ गर्दा अदालतको अवहेलना भएको भन्दै जवाफ माग ।
११.(पतिव्रता पत्नी ! )
बालाजुमा बन्द कोठामा सुतिरहेका २४ वर्षीय रामराजा थापामाथि तेजाब प्रहार /सबै झ्याल ढोका लगाएर सुतेका बेला तेजाब प्रहार भएकोले श्रीमतीलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई ।
१२.(प्रेसको दुरुपयोग)
इलाका प्रहरी कार्यालय सिमराद्वारा प्रेस लेखिएको मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा लागुऔषधसहित दुईजना पक्राउ /पक्राउ परेका वीरगन्जका जितेन्द्रकुमार सिंह र भारतका नासिर आलम माथि थप अनुसन्धान जारी ।
१३.(लाख नै पुग्छ कि ?)
सुनको भाउमा फेरि नयाँ कीर्तिमान कायम/ मंगलबार प्रति तोला दुई सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो ८२ हजार सात सय रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघको भनाई ।
१४.(आर्मी सेमिफाइनलमा)
विभागीय टोली त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा /संकटा क्लबलाई ३ —० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश /बुधबार नेपाल पुलिस र थ्री स्टार भिड्ने ।
र,
१५.(गुड न्युज)
कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएपछि चीनको हुबेई प्रान्तस्थित वुहानका १६ अस्थायी अस्पताल बन्द /विश्वभर संक्रमितको संख्या १ लाख १४ हजार नाध्यो /मृतकको संख्या ४ हजार २६ /६४ हजारभन्दा बढी उपचारपछि घर फर्किए ।