प्रजिअ र सहायक प्रजिअविहीन उदयपुर

८ चैत ७४, शुक्रबार

उदयपुर, चैत ९
जिल्लामा तीन महिनादेखि प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीविहीन हुँदा प्रशासनिक र न्यायिक कार्यमा अवरोध भएको छ । प्रदेश र केन्द्रका प्रतिनिधिको निर्वाचन सम्पन्न हुनासाथ प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल अन्यत्र जिल्ला सरुवा भएर गएको र सोभन्दा अगाडि नै सहायक प्रजिअ प्रकाशजंग कार्की समेत अन्यत्र गएदेखि हालसम्म कार्यालय प्रशासन प्रमुखविहीन बन्न पुगेपकाले प्रशासकीय अधिकृत कुमार खड्काले निमित्त प्रजिअको कार्यभार सम्भाल्दै आएका छन् ।

प्रजिअ तथा सहायक प्र्रजिअको अभावमा तीन महिनादेखि जिल्ला प्रशासन कार्यालयमा झण्डै २०० विभिन्न प्रकारका सार्वजनिक मुद्दा अनिर्णित भएर रहेको कार्यालयले जनाएको छ ।
कर्मचारी भन्छन्, “प्रशासनमा उजुरी आइरहेका छन्, आफूहरुलाई निर्णय गर्ने अधिकार छैन, जनताले दुःख पाएका छन् ।” निर्वाचन सम्पन्न भएपछि नयाँ सरकार गठन भएलगत्तै देशमा प्रशासनिक तथा न्यायिक सुधार गर्ने र सुशासन दिने नयाँ सरकारले घोषणा गरेपनि जिल्लामा अहिलेसम्म पनि प्रजिअ र सहायक प्रजिअसमेत व्यवस्था गर्न नसकेकामा नेकपा माओवादी केन्द्रका नेत्री तथा पूर्वसांसद मणि खम्बूले चिन्ता व्यक्त गरिन् ।

प्रमुख प्रशासक नहुँदा आफूले गर्न मिल्ने जति कार्य सक्दो गरेपनि मुख्य केही कार्य गर्न अधिकार नभएककाले समस्या परेको निमित्त प्रजिअको को कार्यभार सम्भाल्नुभएका प्रशासकीय अधिकृत खड्काले बताए ।
रासस

Advertisement
Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top