त्रिभुवन आर्मी र मनाङ–मर्स्याङ्दिबीच आज प्रतिस्पर्धा हुँदै

२९ फागुन, पोखरा । पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा घरेलु फुटबलका दुई परिचित क्लब त्रिभुवन आर्मी क्लब र नेपाल आयल निगम मनाङ–मर्स्याङ्दि क्लबबीच आज प्रतिस्पर्धा हुँदैछ ।

लिगपछि मोफसल यात्रामा रहेको दुई टोली पहिलोपटक आमने सामने हुन लागेका हुन् । खेल पोखरा रंगशालामा दिउँसो ३ बजेपछि हुनेछ । ‘ए’ डिभिजन क्लब संकटालाई ३–० ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको आर्मी युवा खेलाडीले भरिएको मनाङलाई पराजित गर्दै लगातार दोस्रोपटक फाइनल पुग्ने दाँउमा हुनेछ ।

आर्मी अघिल्लो वर्ष फाइनलमा रुस्लान थ्री स्टारसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै उपाधि विमुख बनेको थियो । पहिलो रोजाईका गोलरक्षक विकेश कुथुविनाको आर्मीको पोस्ट विवश चौधरीले सम्हाल्नेछन् ।

रक्षापङ्तिमा विकास खवास, सुमन अर्याल, विकास तामाङ र दीपक गुरुङ हुनेछन् । मिडफिल्डमा सन्तोष तामाङ र सेसेहाङ आङदेम्बे रहँदा अग्रपङ्तिमा कप्तान भरत खवाससँगै नवयुग श्रेष्ठ, जर्ज्प्रिन्स कार्की र सुदिल राई रहनेछन् । उनीहरु विपक्षी टोलीविरुद्ध टाउको दुखाई बन्न सक्छन् ।

दुवै टोलीमा स्तरीय खेलाडी रहेका कारण खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । यि दुई टोलीबीचको विजेताले शनिबार फाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । गोल्डकपको विजेताले १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ हात पार्नेछ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top