×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बलात्कार र यौन दुर्व्यवहार आरापीत हलिउड निर्माता विन्स्टनलाई २३ वर्षको जेल सजाय

२९ फाल्गुन २०७६

२९ फागुन, एजेन्सी । बलात्कार र यौन दुर्व्यवहार आराप लागेका हलिउड निर्माता हार्वे विन्स्टनलाई अमेरिकाको एक अदालतले २३ वर्षको जेल सजाय सुनाएको छ ।

लामो समयसम्म चलेको अदालतको सुनुवाईको अन्त्यमा उनी दोषी प्रमाणित भएका छन् । न्यूयोर्कको अदालतले ६७ वर्षिय विन्स्टनलाई बुधबार अदालतले सजाय सुनाएको हो । अदालतको यो निर्णयलाई कतिले मिटु अभियानको ठूलो सफलता भनेका छन् भने कतिले कानुनी शासनको जितका रुपमा व्याख्या गरेका छन् ।

Advertisement
Advertisement

उनका वकिलले हार्वेप्रति उदारता देखाउन अनुरोध गर्दै पाँच वर्षको मात्रै सजाय दिन माग गरेका थिए । तर अदालतले यो आग्रहलाई स्वीकार गरेन । कुनैबेला हलिउडका सबभन्दा शक्तिशाली मानिएका निर्माता हार्वेका करतुत सार्वजनिक गर्दै अभिनेत्रीहरुले बलात्कार र यौन दूर्व्यवहारको आरोप लगाएका थिए । हार्वे्विरुद्धको मुद्दा सार्वजनिक भएपछि संसारभर यसले मिटु अभियानलाई बल दिएको थियो ।

Advertisement

विन्स्टनले भने अदालतमा आफूलाई गलत नियतले आरोप लगाइएको भन्दै मिटु मुभमेन्टलाई गलत तरिकाले व्याख्या गरिएको बताएका थिए । सन् २०१७ देखि ८० भन्दा बढी महिलाले विन्स्टनविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएका थिए । सलमा हयाक लगायतका हलिउडका चर्चित अभिनेत्रीहरुले हार्वेको दुर्व्यवहारबारे बोलेका थिए । जेल सजाए सुनाएसँगै हार्वेलाई छाती दुखाईका कारण अस्पताल लगिएको थियो । मुटुको सर्जरीसँगै उनलाई न्यूयोर्क्स्थित जेलमा सारिएको छ ।

भर्खरको समाचार

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

सम्बन्धित खबरहरु

Scroll to Top