कोरोना महामारीपछि आइपिएल अन्योलमा

कोरोना महामारीपछि आइपिएल अन्योलमा

२९ फागुन, एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण विश्व खेलकुदमा परिरहेको असर इन्डियन प्रिमियर लिग (आइपिएल) मा नपर्ने भारतीय क्रिकेटको सर्वोच्च निकाय बिसिसिआईले बताइरहे पनि विश्व स्वास्थ्य संगठनले नै महामारी घोषणा गरेका कारण प्रतियोगिता गर्नेमा अन्योल देखिएको छ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण १ सय २३ देशमा फैलिसकेको छ। जसमा भारतमा नै ६० जनाभन्दा बढीमा संक्रमण देखिएको छ। भारतका ११ राज्यमा कोरोना संक्रमित भेटिइसक्दा समेत दर्शकको अधिक भिडभाड हुने आइपिएल जस्तो प्रतियोगिता गर्ने अडान लिनु राम्रो नभएको खेल सम्बद्धहरुले नै बताइरहेका छन्।

आउँदो शनिबार आइपिएलसम्बद्धहरुको बैठक बस्ने र प्रतियोगिता के हुने भन्ने विषयमा निर्णय गरिने क्रिकइन्फोले जनाएको छ। आइपिएल क्रिकेट चैत १६ गतेदेखि सुरु हुने तालिका रहेको छ। नेपालमा नै चैत १ गतेदेखि हुने भनिएको एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट कोरोना संक्रमणबाट सुरक्षा अपनाउनकै लागि स्थगित गरिएको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.