३० फागुन, सुनसरी । मोरङ सुन्दरहरैचा–७ का ५०बर्षीय योगेन्द्र प्रसाद रिजालको सवारी दुर्घटनाबाट मृत्यु भएको छ ।
विहीबार बिहान सुनसरी भोक्राह नर्सिङ–४ चिरौली चोक स्थित राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको प्रदेश १ –०२००१ ज ३९०६ नम्बरको माईक्रो र बिपरित दिशाबाट गईरहेको को ३२ प ३९४४ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा मोटरसाईकल चालक योगेन्द्रप्रसाद रिजाल गम्भिर घाईते भएका थिए ।
उनको बिराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुबै साधन र माईक्रो चालक. बिराटनगर–१६ का ५२ बर्षीय आयुराज लामा नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
यसै गरी सुनसरी बराहक्षेत्र–५ बस्ने मन्जु राजधामीको ५ बर्षीय छोरा सुजन राजधामीको टिफरको ठक्करबाट मृत्यु भएको छ । विहीबार राजधामी चौक स्थित सडक खण्डमा नहडाबाट कालाबन्जर तर्फ जादै गरेको को १ ख ५७६५ नम्बरको टिफरले बाटो क्रस गर्दै गरेका बालक सुजनलाई ठक्कर दिदा गम्भिर घाईते भएका उनलाई थप उपचारार्थ काठमाण्डौ लादै गर्दा आज बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिफर र टिफर चालक प्रदिप चौधरी नियन्त्रणमा रहेको समेत प्रहरीले जनाएको छ ।