कोरोना संक्रमणविरुद्ध लड्न सार्क राष्ट्रहरुसँग मिलेर काम गर्न नेपाल तयार

३० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस संक्रमण विरुद्ध लड्न सार्क राष्ट्रहरुसँग मिलेर काम गर्न नेपाल तयार रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरसबारे सार्क राष्ट्रका शीर्ष नेतृत्वबीच भिडिओ कन्फरेन्स गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावको स्वागत गरेका हुन् ।

 

शुक्रबार दिउँसो ट्वीट गर्दै प्रधानमन्त्री ओलीले मोदीको प्रस्तावको स्वागत गर्दै त्यसका लागि नेपाल तयार रहेको बताएका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस संक्रमण विरुद्ध लड्न सार्क राष्ट्रले साझा तयार गर्नुपर्ने प्रस्ताव औपचारिक रुपमै राखेका थिए । सोही प्रस्ताबको प्रत्युत्तरमा प्रधानमन्त्री ओलीको यस्तो प्रतिक्रिया आएको हो ।

‘कोरोना भाइरससँग लड्न सार्क राष्ट्रले संयुक्त रणनीति तयार गर्नुपर्ने प्रधानमन्त्री मोदीजीको प्रस्तावको म स्वागत गर्दछु,’ प्रधानमन्त्री ओलीले ट्विटरमा लेखेका छन, ‘यो घातक रोगबाट हाम्रा नागरिकलाई बचाउन सार्क सदस्य मुलुकसँग मिलेर काम गर्न मेरो सरकार तयार छ ।’

भारतीय प्रधानमन्त्री मोदीले विश्वभर फैलिरहेको कोरोना भाइरसबारे दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरुले साझा धारण बनाउनु पर्ने शुक्रवार विहान ट्वीट मार्फत धारणा सार्वजनिक गरेका थिए ।

दक्षिण एशियामा विश्वको ठूलो जनसंख्या भएकाले यहाँका नागरिकलाई स्वास्थ राख्न कुनै कसर बाँकी राख्न नहुने बताएका थिए । उनले सार्क मुलुकले दुनियालाई एउटा उदाहरण पेश गर्न र स्वस्थ विश्वका लागि योगदान गर्न सक्ने उल्लेख गरेका थिए ।

कोरोना भाइरसका कारण भारतमा १ जनाको ज्यान गएको पुष्टि गरेको छ भने ७५ जना संक्रमित रहेको जनाएका छन् । नेपालमा पनि केही समय अघि एक जनामा संक्रमण देखिएको थियो । उनी अहिले स्वास्थ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पाकिस्तान, माल्दिभ्स, भुटान, श्रीलंका, बंगलादेश, अफगानिस्तानमा पनि कोरोना भाइरसको संक्रमण देखिएको बेला एकताबद्ध भएर अगाडी बढ्ने कोशिस गरेको हो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top