प्रधानमन्त्रीको स्वास्थ बुझ्न प्रचण्ड पुगे बालुवाटार

३० फागुन ७६, शनिबार

१ चैत्र, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

शुक्रबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज भई सरकारी निवास बालुवाटारमा आराम गरिरहेका प्रधानमन्त्री ओलीसँग शनिबार दाहालले झन्डै आधा घन्टा स्वास्थ्य स्थितिका विषयमा बुझेका थिए ।

Advertisement

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पाएका प्रचण्डले हाल विश्वभर महामारी भइरहेको कोरोना भाइरस (कोभिड १९) संक्रमणविरुद्ध सरकारी तयारी बलियो बनाउने विषयमा पनि परामर्श गरेका थिए ।

बिहान साढे ११ बजे बालुवाटार पुगेका प्रचण्डले प्रधानमन्त्री ओली चाँडै ठिक भएर दैनिक काममा फर्किने विश्वास लिएको दाहालको सचिवालयले जनाएको छ। अस्पतालमा रहदा भने दाहाल प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न गएका थिएनन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top