काठमाडौँको कपनबाट डेढ लाख मास्क बरामद

काठमाडौँको कपनबाट डेढ लाख मास्क बरामद

२ चैत, काठमाडौं ।
काठमाडौँबाट प्रहरीले डेढ लाख वटा सर्जिकल मास्क बरामद गरेको छ । आइतबार कपन क्षेत्रमा सञ्चालन गरेको प्रहरी अपरेशनमा उक्त माक्स बरामद गरिएको हो ।

कोरोनाको संक्रमणका कारण विश्वभर सन्त्रास फैलिरहेका बेला काठमाडौंमा मास्कको कृतिम अभाव सिर्जना गर्नेविरुद्ध प्रहरीले अपरेशन थालेको छ । जसअनुसार शनिबार ७८ हजार मास्कसहित ८ जना पक्राउ परेका थिए ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले ३ रुपैयाँमा खरिद गरेर ४० रुपैयाँसम्ममा मास्क बिक्री गरेको आशंकामा विशेष अपरेशन चलाएको हो ।

अपरेशन अझै जारी रहेकोले बरामद संख्या बढ्न सक्ने बताईएको छ । यसक्रममा केही व्यक्ति पक्राउ पनि परेका छन् । उनीहरुको परिचय खुलाइएको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.