कतारको क्वारेन्टाइनमा २ हजार नेपाली

काठमाडौं : कतारले कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमण थप फैलिन नदिन जोखिम क्षेत्रमा परेका चार वटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारन्टाइनमा राखेको छ।

Advertisement

त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन्। कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्र सनैयामा रहेका क्याम्पलाई क्वारेन्टाइन बनाइएको हो। उनीहरूलाई बिहीबारदेखि बाहिर निस्कन दिइएको छैन ।

क्वारन्टाइनमा रहेका नेपालीले आफूहरूको स्वास्थ्य सुरक्षाका लागि नै क्वारन्टाइनमा राखिएको भन्दै खुसी व्यक्त गरका छन्। ‘हामीलाई राखिएको ठाउँका आठवटा बिल्डिङमा फरकफरक कम्पनीमा काम गर्ने नेपाली छन्। यहाँका दुईवटा बिल्डिङमा बस्ने दुई जनालाई कोरोना संक्रमण देखिएपछि सबैलाई क्वारन्टाइनमा राखिएको हो,’ क्वारन्टाइनमा बसेका धनुषाका एक नेपालीले भने, ‘हाम्रो स्वास्थ्य जाँच गर्न हमाद अस्पतालबाट डाक्टर आए, सबै जाँच गररे गए। रिपोर्ट आइसकेको छैन।’ क्वारेन्टाइनमा बस्नेमा कोठाभाडामा लिई बसेका नेपालीहरू पनि छन् रहेका छन् ।

Advertisement

यसमा धेरैजसो सेल्सम्यानको काम गर्नेहरू छन् । ‘खाना हमाद अस्पतालबाटै आउँछ। कुनै समस्या छैन,’ उनले भने, ‘सुरुसुरुमा डर लागेको थियो। अब सामान्य लाग्न थालेको छ।’ त्यही परिसरभित्र रहेका अर्घाखाँचीका एक नेपालीले सुरक्षा व्यवस्था निकै कडा रहेको बताए। ,यो समाचार आजको कन्तिपुर दैनिकले छापेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top