पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घट्यो

४ चैत, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

Advertisement

अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट मूल्य घटेर आएकाले नेपालमा समायोजन गरिएको निगमले जनाएको छ । जसअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटेको छ ।

अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १०६ रुपैयाँ कायम भएको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ ।
घटेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

Advertisement

आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटाइएको छ। नयाँ मूल्य प्रतिलिटर ९० रुपैयाँ कायम गरिएको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ।

मूल्य समायोजनपछि अब बिराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र चारआली डिपोबाट १५ किलोमिटर दुरीसम्म ढुवानी हुने पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १०४ रुपैयाँ ५० पैसा कायम भएको छ।

Advertisement

त्यस्तै पोखरा र दाङ डिपोबाट १५ किलोमिटर दुरीसम्मको १०५ रुपैयाँ ५० पैसा कायम भएको छ। थानकोट, सुर्खेत र दिपायल डिपोमार्फत ढुवानी हुने पेट्रोलको मूल्य १०६ रुपैयाँ कायम भएको छ।

बिराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र चारआली डिपोमार्फत १५ किलोमिटर दुरीसम्म डिजेल र मट्टितेलको खुद्रा मूल्य ९३ रुपैयाँ ५० पैसा कायम भएको छ।

सोही दुरीमा पोखरा र दाङ डिपोमार्फत जाने मट्टितेल र डिजेलको खुद्रा मूल्य ९४ रुपैयाँ ५० पैसा तोकिएको छ। थानकोट, सुर्खेत र दिपायलमार्फत ढुवानी हुने डिजेल, मट्टितेलको खुद्रा मूल्य प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top