NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विमला र समीक्षाले एपिएफबाट खेल्ने बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट बुधबार साउन २१ , २०८२
उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता बुधबार साउन २१ , २०८२
एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा बुधबार साउन २१ , २०८२
आज कुन कुन नदीमा वहाव बढ्न सक्छ ? बुधबार साउन २१ , २०८२
Next
Prev

समाचार

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

बुधबार चैत्र ५ , २०७६
Reading Time: 1 min read
A A
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

५ चैत्र, काठमाडौँ ।
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भोलि चैत ६ देखि शुरु भई १७ गतेसम्म सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

यस वर्षको एसइई परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुने र परीक्षाका लागि देशभर एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए ।

LS Auto

परीक्षामा प्राविधिक धारतर्फ नौ हजार ५०९ परीक्षार्थी सहभागी हुने भएका छन् । त्यस्तै कूल परीक्षार्थीमा ग्रेड वृद्धितर्फ १६ हजार २४२ र प्राविधिकतर्फ १३९ परीक्षार्थी सहभागी हुनेछन् ।

सबैभन्दा धेरै परीक्षार्थी वाग्मतीबाट एक लाख तीन हजार ६६७ र थोरै कर्णाली प्रदेशबाट ३६ हजार ४३६ सहभागी हुने भएका छन् । परीक्षा नियन्त्रक खकुरेलले कूल ८६ वटा विषयमा हुने परीक्षामा करीब ५१ लाख सेट प्रश्नपत्र छपाइ गरी जिल्ला–जिल्ला पठाइएको जानकारी दिए ।

परीक्षामा करीब ६५ हजार जनशक्ति परिचालन गरिने भएको छ । प्रत्येक परीक्षा केन्द्रमा एक केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष, २० विद्यार्थी बराबर एक निरीक्षक, १०० विद्यार्थी बराबर एक परीक्षा सहायक, ५० विद्यार्थी बराबर एक परिचारक खटाइएको छ ।

प्रत्येक परीक्षा केन्द्रमा १६ जनाका दरले सुरक्षाकर्मी खटाइने भएको छ । चैत ६ गते बिहान ८ बजेदेखि देशभरका सबै परीक्षा केन्द्रमा एकैसाथ शुरु हुने परीक्षाका लागि आवश्यक प्रश्न सबै जिल्लाको परीक्षा केन्द्रको नजीक रहेको सुरक्षा निकायमा पु¥याइएको छ ।

परीक्षा नियन्त्रक खकुरेलका अनुसार परीक्षा केन्द्रमा असम्बन्धित व्यक्तिलाई भीडभाड गर्न बन्देज लगाएको जानकारी दिँदै एउटा परीक्षा केन्द्रमा बढीमा ३०० र एउटा कक्षा कोठामा २०–३० परीक्षार्थी राख्ने व्यवस्था गरिएको छ ।

कसैले परीक्षाको मर्यादा भङ्ग गर्ने वा बिथोल्ने काम गरे कानूनअनुसार छ महिना कैद वा रु एक लाख जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसको त्रासलाई ध्यानमा राख्दै सरकारले परीक्षा केन्द्र व्यवस्थापन गरेको जानकारी दिए ।

परीक्षार्थीलाई त्रासरहित वातावरणमा परीक्षा सञ्चालन गर्न सरकारले सबै तयारी पूरा गरेको बताउँदै बालबालिकाको स्वास्थ्य सुरक्षाबारे सरकारले निकै सतर्कता अपनाएको बताए ।

परीक्षाका समयमा विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् भनेर शिक्षा विज्ञान तथा प्रविधि र स्वास्थ्य मन्त्रालय एवं स्थानीय तहको समन्वयमा सहायता कक्ष ‘हेल्थ डेस्क’ स्थापना गरिने भएको छ ।

परीक्षा केन्द्रहरूमा परीक्षा अवधिभर हेल्थ डेक्स राख्ने व्यवस्था मिलाउन सात सय ५३ वटै स्थानीय तहलाई शिक्षा मन्त्रालयले अनुरोध गरेको छ।कोरोना सङ्क्रमण रोकथाम गर्न र एसइई परीक्षालाई मनोवैज्ञानिक एवं त्रासमुक्त वातावरण बनाइएको जनाएको छ ।

परीक्षा हलभित्र जानुुअघि परीक्षार्थी, कर्मचारी, सुरक्षाकर्मी, अनुगमनकर्तालगायत परीक्षामा संलग्न सबैको तापक्रम जाँच गरिने भएको छ भने परीक्षाका क्रममा कुुनै विद्यार्थीमा ज्वरो आएको पाइएमा अस्पताल लगेर उपचारको व्यवस्थासमेत हेल्थ डेस्कले गर्ने व्यवस्था मिलाइएको छ ।

शिक्षामन्त्री पोखरेलले हिजो सार्वजनिक अपिल जारी गर्दै कोभिड–१९ को सङ्क्रमणको जोखिमप्रति सचेत हुन आग्रह गरे । उनले परीक्षाका लागि पर्याप्त सावधानीको प्रबन्ध गरिएकाले त्रसित र भयभित नुहुन परीक्षार्थीलाई आग्रह गरे ।

उनले सङ्क्रमणको रोकथाम गर्नुपर्ने र परीक्षालाई मनोवैज्ञानिक एवं त्रासमुक्त वातावरणमा सम्पन्न गर्नुपर्ने भएकाले विद्यार्थीलाई व्यक्तिगत सरसफाइमा ध्यान दिन, माक्सको प्रयोग गर्न, अरूसँग हात नमिलाउन, सकभर भीडभाडमा नजान पुनः स्मरण गराए ।(रासस)

लोकप्रीय

विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२

विचार

विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२

थप समाचार

विमला र समीक्षाले एपिएफबाट खेल्ने
खेलकुद

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट
खेलकुद

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 
ताजा समाचार

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२
एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा
खेलकुद

एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा

बुधबार साउन २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Americaमा फेरि विमान खस्यो, Ukrianeलाई प्याट्रियटसहितको हति*यार || Nepal Times

World News: Americaमा फेरि विमान खस्यो, Ukrianeलाई प्याट्रियटसहितको हति*यार || Nepal Times

00:17:47

World News: Ukraine यु*द्धमा चीन–पाकका भाडाका सैनिक, अमेरिकाको विरोधमा भारत || Nepal Times

00:14:08

World News: Ukraineमा सैन्य ड्रोन भ्रष्टाचार, Russia नजिक तेल डिपोमा भी*ष*ण आगलागी || Nepal Times

00:15:11

World News: Trumpसंग Bidenको रिस, Kamala थाकिन, हमा*सले हति*यार नत्याग्ने|| Nepal Times

00:18:25

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

00:12:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

शुक्रबार साउन १६ , २०८२
ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट  Su–५७ किन्ने

ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट Su–५७ किन्ने

शुक्रबार साउन १६ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२

हालका पोस्टहरू

विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.