शेखर कोइरालाको आत्मविश्वास, “अबको सभापति मै हुँ ”

६ चैत्र, बिराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा आफुले सभापतिमा उम्मेद्वारी दिने बताएका छन् ।

बिराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले महाधिवेशन मार्फत आफू सभापति बन्ने बताएका हुन् । सभापतिमा उम्मेद्वारी दिनका लागि आफूले सबै तयारी गरिसकेकाले अब पछि नहट्ने पनि कोइरालाले बताए ।

कांग्रेस केन्द्रिय सदस्यसमेत रहेका कोइरालाले १४ महाधिवेशनबाट आफु सभापति बन्ने दावी गरे । महाधिवेशनको तयारीका लागि देशभरका नेता कार्यकर्तासँग साक्षात्कार गरिरहेको बताउदै नेता कोइरालाले भने ‘मलाई धेरैको साथ छ, अबको सभापति मै हुँ ।’

धेरै नेता कार्यकर्ताहरुले आफुलाई सभापतिमा उम्मेद्वारी दिन आग्रह गर्ने गरेको पनि उनले बताए । सवैको सुझाव र आग्रहमा अघि बढिरहेको बताउँदै उनले पार्टीलाई सहि दिशामा अघि बढाउँन पनि आफुले सभापतिमा उम्मेद्वारी दिन आवश्यक रहेको जिकिर गरेका छन् ।

Scroll to Top