प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

६ चैत, विराटनगर । नोबल कोरोना भाइरस (कोभिड(१९) को सम्भावित जोखिमबाट बच्‍न प्रदेश १ को संसद अनिश्चितकालका लागि बिहीबारदेखि स्थगित गरिएको छ ।

Advertisement

सरकारले २५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन रोक लगाएपछि प्रदेश १ को संसद पनि स्थगित गरिएको हो । प्रदेशसभा बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले अर्को सूचना नहुञ्जेलसम्मका लागि बैठक स्थगित गरिएको सदनमा जानकारी गराए ।

बिहीबार बिहान बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सरकारले गरेको घोषणालाई मध्य नजर गर्दै प्रदेशसभा बैठक बसिरहन उपयुक्त नभएकाले स्थगित गर्ने सहमति अनुसार भण्डारीले संसद स्थगित गरेका हुन्।

Advertisement

बैठकले प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक २०७६ भने संशोधनसहित बिहीबार प्रदेशसभालेसर्वसम्मतिले पारित गरेको छ। उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति सीता थेबे जबेगुले बुधबार सदनमा विधयेकको छलफलपछि प्रतिवेदन पेस गरेकी थिइन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top