कोरोनाबाट बच्न विपद् व्यवस्थापन समिति पाल्पाले गर्यो १७ निर्णय

७ चैत ७६, शनिबार

८ चैत्र, पाल्पा ।
कोरोना भाइरसबाट जोगिन विपद् व्यवस्थापन समिति पाल्पाको बैठकले विभिन्न १७ निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी यादव सुवेदीकोे अध्यक्षतामा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले गरेका निर्णय अटेर गरे कारबाहीको समेत चेतावनी दिएको छ ।

जिल्लामा रहेका सिनेमा हल,खेल मैदान, जिम, हेल्थ क्लब, कोचिङ सेन्टर, डान्स सिकाई सेन्टरहरु चैत्र मसान्तसम्म बन्द गर्ने निर्णय गरेको बैठकले स्थानीय सरकारलाई सचेत रहन आग्रह गरेको छ ।

बैठकले तानसेन नगरपालिका र लुम्बिनी मेडिकल कलेजको समन्वयमा प्रभासमा हेल्प डेस्क सुरु गर्ने र जिल्ला अस्पताल, मिशन अस्पताल, लुम्बिनी मेडिकल कलेज र रामपुर अस्पतालमा विशेष कक्ष (आइसोलेशन बेड) तयार गर्ने निर्णय भएको छ ।

यस्तै यातायातका साधनमा सिट क्षमता भन्दा धेरै यात्रु नराख्ने, अत्यावश्यक काम बाहेक हिँडडुल नगर्न, सांस्कृतिक सामाजिक कार्यहरुमा सहभागी नहुन,मठमन्दिर,पार्टी प्यालेसजस्ता सार्वजनिक ठाउँहरुमा २५ जनाभन्दा बढी सहभागी नहुने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कालोबजारी बढ्ने संकेत देखिएको भन्दै बैठकले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा ६ सदस्यीय बजार अनुगमन समिति समेत गठन गरेको छ । कोरोना भाइरसबाट बच्न ब्यक्तिगत सचेतना र सावधानी आवश्यक रहेको भन्दै सामुहिक प्रयास गरी प्रकोपबाट जोगिन जिल्लावासीसँग अपिल गरिएको जनाइएको छ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top