फ्रान्सबाट नेपाल आएका एकजनामा कोरोनाको संक्रमण

१० चैत्र, काठमाडौं ।
फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी एक नेपाली नागरिकमा कोरोना पोजिटभ भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कतार हुँदै नेपाल प्रवेश गरेका एक नेपालीलाई कोरोना पोजेटिभ देखिएको पुष्टि गरेका हुन् ।

विदेशबाट आएका ६०० जनाको कोरोना परीक्षणका क्रममा एकजनालाई कोरोना भएको पाइएको मन्त्रालयले जानकारी दिएको छ । उनलाई आइतबार पोजेटिभ देखिएको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top