१२ चैत, काठमाडौँ । नेपालमा कोरोनाभाइरसका तेस्रो संक्रमित फेला परेको छ । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले तेस्रो संक्रमित फेला परेको पुष्टि गरे ।टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको नमुनामा पोजेटिभ भेटिएको उनले जानकारी दिए ।