×

NEPAL TIMES UPDATES

Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026

तीर्थयात्रा गएका १४ नेपाली भारतको आन्द्रप्रदेशमा अलपत्र

१३ चैत्र २०७६

१३ चैत, मोरङ । तीर्थ यात्राका लागि निस्किएका १४ नेपाली भारतको आन्द्र प्रदेशमा अलपत्र परेका छन् । पाँचथर फालेलुङ १ का ३ जनासहित झापा र मोरङ जिल्लाबाट चारधाम यात्राका लागि त्यहाँ पुगेका नेपाली लकडाउनका कारण अलपत्र परेका हुन् ।

लकडाउनका कारण त्यहाँ यातायात चलेका छैनन् । किनेर खाने ठाउँ समेत नभएका कारण साता दिन देखी सडकमै रात कटाइरहेको यात्रामा रहेका झापा सुरुङगाका राजन अधिकारीले बताएका छन् ।अहिले दक्षिणी भारतको चेन्याइ भन्दा ६० किलोमिटर टाढा सडकमा रहेको उनले बताएका छन् । कोरोना संक्रमण संगै भारतमा २१ दिने लाकडाउन सुरु भएपछि यातायातका साधन बन्द भएका छन् ।

Advertisement
Advertisement

सडकमा रुँगेर बसेको भने पनि यातायात नचल्दा आफुहरु अलपत्र अवस्थामा रहेको टोलीमा रहेका मोरङका गोबिन्द पोखरेलले बताए । उनीहरुले स्थानीयले बास दिन नमानिरहेको समेत बताएका छन् ।सडकमा पार्क गरेर राखेका सवारीमा रात बिताउनुपरेको टेलिफोन सम्पर्कमा अधिकारीले बताएका छन् । चार दिन यता आफुले बोकेको खाना र पानी समेत सकिएपछि उनीहरुको बिचल्ली भएको छ ।

स्थानीय प्रहरीले आफै सुरक्षित स्थान खोजेर बस्न भनेको भए पनि त्यस्तो अवस्था नभएको उनीहरुको भनाइ छ । यस अघि तीर्थ यात्रामा लैजाने ट्राभल एजेन्सी संग सम्पर्क गर्दा भारत पुरै बन्द भएका कारण हाललाई आफुहरुले केही गर्न नसक्ने जवाफ दिएको उनीहरुले बताए ।

Advertisement
Advertisement

फागुन २१ मा भारतको सिलिगुडीबाट दक्षिण भारत पुगेका उनीहरुको ११ चैत्रको सिलिगुडी आउने रेलको टिकट तय भएको थियो । बिचमा लक डाउन सुरु भएपछि उनीहरु अलपत्र परेका हुन् । टोलीमा अधिकांस बृद्धाअवस्थाका नागरिक रहेका कारण पनि धेरै समस्या हुन सक्ने उनीहरुको चिन्ता छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top