५८ जना फ्रान्सेली नागरिक लिन बुद्ध एयरको जहाज पोखरा उड्यो

५८ जना फ्रान्सेली नागरिक लिन बुद्ध एयरको जहाज पोखरा उड्यो

१३ चैत, काठमाडौँ । नेपाल घुम्‍न आएका ५८ जना फ्रान्सेली नागरिक लिन बुद्ध एयरको जहाज पोखरा उडेको छ । सरकारले लकडाउन गरेपछि अलपत्र परेका फ्रान्सेली पर्यटकलाई लिन बुद्ध एयरको जहाज काठमाडौंबाट बिहीबार दिउँसो रित्तै पोखरा गएको हो ।

यो काठमाडौंस्थित फ्रान्सेली दूतावासले गरेको चार्टर उडान हो । बिहान ९ बजे नै उड्नुपर्ने जहाज गृह,पर्यटनसहित तीन वटा मन्त्रालयको अनुमति प्रक्रियाको अल्झनका कारण ६ घन्टा ढिलो पोखराका लागि उडेको हो ।

तर, फ्रान्सेली पर्यटक विमान ७ बजे नै पोखरा विमानस्थलमा आइपुगेका थिए । सरकारले मंगलबार लकडाउन गरेयता तेस्रो दिन जहाजतर्फको यो पहिलो चार्टर उडान हो । हेलिकप्टरतर्फ बिहीबार ७ वटा चार्टर उडान भएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.