×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ताको तयारी, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

नेपाल वायु सेवा निगमको जहाज नेपालगञ्जमा दुर्घटना

१५ चैत्र २०७६

१५ चैत्र, काठमाडौँ ।
नेपाल वायु सेवा निगमको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गर्दा धावनमार्ग भन्दा बाहिर गएपछि दुर्घटनाग्रस्त भएको छ।

कोरोनाभाइरस सङ्क्रमण सम्बन्धी उपचारका लागि आवश्यक पर्ने सामग्री लिएर काठमाण्डूबाट आएको नेपाल वायु सेवा निगमको जहाज शनिवार मध्यान्ह अवतरणका क्रममा उछिट्टिएर विमानस्थलको धावनमार्गभन्दा बाहिर गएको हो।

Advertisement
Advertisement

जहाजमा रहेका चालक दलका सदस्य सहित पाँचै जना यात्री सकुशल रहेको विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए। जहाज के कारणले दुर्घटना भएको हो भन्नेबारे बुझ्न नेपाल वायु सेवा निगमको ईन्जिनियर टोली शनिवारै नेपालगञ्ज आउन लागेको बताइएको छ।

त्यस्तै चालक दल र नेपालगञ्जबाट काठमाण्डू पठाउन तयार पारिएको कोरोनाभाइरस सम्बन्धी स्याम्पल लिन नेपाल एअरलाइन्सको अर्को जहाज आउन लागेको जानकारी नेपालगञ्ज विमानस्थलका अधिकारीले दिएका छन्।

दुर्घटनाको छानविन पछि मात्र घाँसे मैदानबाट विमान हटाएर मर्मत गरिने भनिएको छ। नाइन एन एकेयु कलसाइन भएको उक्त विमान अवतरणको क्रममा धावनमार्गबाट केही मिटर पर उछिट्टिएको थियो।

विमान दुर्घटना भए लगत्तै उद्धार टिम खटिएको र विमानमा रहेका चालक दल लगायत पाँच जनाको तत्काल उद्धार गरिएको ठाकुरले बताए। विमानमा सवारलाई केही नभए पनि विमानको बाहिरी भागमा सामान्य क्षति पुगेको नेपालगञ्ज विमानस्थलले जनाएको छ।

कोरोनाभाइरस नियन्त्रणका गर्नका लागि आवश्यक स्वास्थ्य सामग्री लिएर उक्त विमान नेपालगञ्ज आएको बताइएको छ। उक्त विमानमा कोरोनाभाइरस परीक्षणका लागि नेपालगञ्जबाट स्वाब पठाउने योजना पनि रहेको बताईएको छ।

विमानले भुईँ छुनुभन्दा अघि नै उछिट्टिएर धावनमार्ग भन्दा ४०, ४५ मिटर पर विमानस्थलको दक्षिण तर्फको घाँसे मैदानमा गएको बताईएको छ। जहाजमा दुई जना पाईलट, एकजना एअर होस्टेस र दुईजना डक्टर सवार रहेको विमानस्थलका प्रमुख ठाकुरले जानकारी जानकारी दिए।

Advertisement

कोरोनाभाइरस सङ्क्रमणका लागि भन्दै देशभर बन्दाबन्दी गरिएपछि घरेलु र अन्तर्राष्ट्रिय दुवैखाले उडानहरू अहिले बन्द गरिएका छन्। तर नेपाल वायु सेवा निगमका जहाजहरू कोरोनाभाइरस सङ्क्रमण सम्बन्धी कामका लागि उडान गर्ने गरिएको बताइएको छ।(बीबीसी)

भर्खरको समाचार

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

सम्बन्धित खबरहरु

Scroll to Top