×

NEPAL TIMES UPDATES

Playing
१४ जिल्लामा घरदैलोमै राहदानी र लाइसेन्स वितरण सुरु|| Nepal Times
Apr 28, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-15-2083 || Nepal Times
Apr 28, 2026
Playing
ओलीको ड्रिम प्रोजेक्ट बालेनले पूरा गर्नुपर्ने,दैलेखको ग्यास उत्खनन कहाँ रोकियो ?|| Nepal Times
Apr 28, 2026
Playing
होर्मुज संकटले बदल्दैछ एशियाको समीकरण, पुटिनको प्रभाव बढ्दो, ट्रम्प के गर्लान् ? || Nepal Times
Apr 28, 2026
Playing
बालेनको अध्यादेशमा एमाले–कांग्रेसको आपत्ति, अनुकूलको प्रधानन्यायाधीश नियुक्त गर्ने शंका Nepal Times
Apr 28, 2026
Playing
नाम दर्ता गर्ने सुकुम्बासी परिवार एक हजार नाघे || Nepal Times
Apr 28, 2026
Playing
Balenलाई भारत भ्रमण गराउन किन लालायित छन् Modi ? || Nepal Times
Apr 28, 2026
Playing
ओली र प्रचण्डकै नियतिमा बालेनः संवैधानिक परिषद्मा अल्पमतमा || Nepal Times
Apr 28, 2026
Playing
बालेनको वर्चस्व, रवि राजनेता ! गगनका लागि लाभ कि हानी ? || Nepal Times
Apr 28, 2026
Playing
बालेन दिल्ली कहिले जाने? गृहकार्य गर्दै दुवै देशका परराष्ट्र मन्त्रालय || Nepal Times
Apr 28, 2026

कोरोना अस्पताल सञ्चालनमा रहेको चितवनमा यस्तो छ अन्य तयारी

१५ चैत्र २०७६

१५ चैत, काठमाडौँ ।

दरिलो इच्छाशक्ति भएपछि कामगर्न सकिन्छ भन्ने उदाहरण भरतपुर महानगरपालिकाले प्रस्तुत गरेको छ । केही दिन यतादेखि देशमा सञ्चालनमा रहेको प्राणघातक कोरोना भाइरसको नियन्त्रणसम्बन्धी अभियानमा भरतपुर महानगरपालिकाले कोरोना अस्पताल नै निर्माण गरेर यस्तो उदाहरणीय बनेको हो ।

Advertisement
Advertisement

यहाँका महानगरबासी मात्र नभएर देशका झण्डै २१ जिल्लाका बासिन्दालाई स्वास्थ्य सेवा दिँदै आएको यस क्षेत्रमा कोरोना नियन्त्रणका लागि पनि महानगरले छुट्टै अस्पताल सञ्चालनमा ल्याएको छ । यसरी देशमा कोरोना नियन्त्रण तथा निदानका लागि भएका कार्यमा आफ्नै अस्पताल सञ्चालन गर्नेमा देशको एकमात्र महानगरपालिका भरतपुर महानगर भएको छ ।

महानगर आफ्नै नेतृत्वमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल सञ्चालनमा ल्याउन सफल भएको हो । यस अभियानमा जिल्लाका सबैको साथ र सहयोग पाएकाले पनि महानगरले ७० श्ययाको अस्पताल सञ्चालन गर्न सकेको हो । यस अस्पतालमा १० श्ययाको सघन उपचार कक्ष, १० श्ययाको एचडियू (सघन उपचार कक्षमा राख्नुपूर्व बिरामी राख्ने ठाउँ) र ५० साधारण श्यया सञ्चालनमा आएका छन् ।

चितवन उद्योग सङ्घको चितवन प्रदर्शनी केन्द्रका तीनवटा हलमध्ये दुईवटा हललाई अस्पतालका रुपमा स्थापना गरी सञ्चालनमा ल्याइएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहालको नेतृत्वमा यो कार्य सम्भव भएको छ । गत हप्तादेखि नै अस्पताल सञ्चालनमा आइसकेको छ । सो क्षेत्रमा अस्पताल बनाउने भनी महानगरपालिकाले निर्णय गरेको ७२ घण्टामा नै अस्पताल निर्माण गरेर सञ्चालनमा नै ल्याइएको छ, जुन कार्यको देशव्यापी रुपमा प्रशंसा पनि भएको छ ।

अस्पतालबाट यही शुक्रबारसम्म एक सय ५१ जनाभन्दा बढीले सेवा लिइसकेका छन् । अहिले अस्पतालमा १९ बिरामी रहेका छन् । महानगरप्रमुख दाहाल ‘मेडिकल सिटी’ भएकाले देशका विभिन्न जिल्लाबाट आउने बिरामीलाई समेत लक्षित गरेर अलग्गै अस्पताल सञ्चालनमा ल्याएको बताउँछिन् । उनले भनिन्, ‘हाम्रो यहाँ सुविधासम्पन्न अस्पतालहरु भएकाले देशका विभिन्न जिल्लाबाट बिरामी आउँछन् । उनीहरुलाई पनि सहयोग पुगोस् भन्ने उद्देश्यले यो आँट हामीले गरेका हौँ ।’

दाहालको यस अभियानलाई प्रजिअ नारायण प्रसाद भट्टराईदेखि जिल्लाका सरकारी र निजी अस्पताल, मेडिकल कलेजका सञ्चालक एवं चिकित्सक, स्वास्थ्यकर्मीले साथ दिएका छन् । दाहालकै नेतृत्वमा कोरोना नियन्त्रण कार्यदल गठन गरी सोही कार्यदलले अस्पताल सञ्चालन गरेको हो । कार्यदलमा यहाँका निजी क्षेत्रमा सञ्चालनमा रहेका अस्पतालका सञ्चालक, सरकारी अस्पतालका प्रमुख, चितवन उद्योग वाणिज्य सङ्घ, चितवन उद्योग सङ्घ, नेपाल चिकित्सक सङ्घका केन्द्रीय प्रतिनिधिलगायत सदस्यमा रहेका छन् ।

कोरोना भित्रिहाल्यो भने तत्काल अस्पताल बनाउन नसकिने भएकाले समयमै सोच गरेर काम शुरु गरेको दाहाल बताउँछिन् । उनका अनुसार स्थानीय मेडिकल कलेज, निजी अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पतालका जनशक्ति र उपकरणहरु अस्पतालमा राखिएका छन् । खरिद गर्नुपर्ने आवश्यक सामग्रीसँगै कर्मचारीको अतिरिक्त भत्ता, खानपानको व्यवस्थापन महानगरले गरेको छ । महानगरले विकासका कामलाई रोकेर आफ्ना सबै जनशक्ति अस्पतालमा केन्द्रित गराइएको जनाएको छ ।

छोटो अवधिमा काम गरेकाले कमी कमजोरीहरु पनि हुनसक्ने भन्दै प्रमुख दाहालले तर अस्पतालबाट सक्दो सेवा दिइरहेको बताइन् । उनले भनिन्, ‘केही जटिलताका बाबजुत पनि सबैको साथ र सहयोगबाट यसलाई व्यवस्थित गर्दै अघि बढ्न सफल भएका छौँ ।’ उनले भनिन्, ‘यसले सिङ्गो देशलाई राम्रो सन्देश दिएको, इच्छाशक्ति भएपछि जस्तोसुकै काम पनि सम्भव हुन्छ भन्ने सन्देश प्रवाह गर्न खोजिएको छ ।’

विकास बजेट कटौती गरेर भए पनि सम्भावित यो सङ्क्रमणमा पर्नसक्ने नागरिकलाई बचाउने काममा लाग्ने सङ्कल्प गरिएको उनले राखिन् । उनले स्थानीय तहदेखि सङ्घीय सरकारसम्म स्रोत साधन व्यवस्थापन गर्न सहयोग हुने विश्वास लिइएको समेत बताइन् ।

अस्पतालको मेडिकल व्यवस्थापन क्षेत्र हेर्दै आएका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीका अनुसार सोही स्थानलाई विस्तार गरेर तीन सय श्ययासम्मको अस्पताल बनाउन सक्ने ठाउँ रहेको छ । पूर्वमा बिरगञ्जदेखि पश्चिममा धनगढीसम्मका विदेश गएर फर्किएका बिरामीलाई सेवा दिने काम अस्पतालले गरिरहेको छ । चितवनसहित आसपासका जिल्लामा रहेका अस्पतालहरुले कोरोनाको लक्ष्यण देखिएमा यहाँ पठाउने गरेको अधिकारीको भनाइ छ ।

देशका विभिन्न ठाउँमा तन्ना ओच्छाएर भुइँमा बिरामी सुताइरहेका बेला यहाँ विभिन्न समस्याका बाबजुत पनि सेवा दिन सकिएको अधिकारीको भनाइ छ । भर्खर शुरु गरिएकाले सबै सुविधा दिन नसकेको स्वीकार गर्दै उनले सङ्कटमा जे गरिएको छ त्यसले जनता र राज्यलाई सहयोग पु¥याएको बताए । यस अस्पतालमा आएका बिरामीको स्वाब लिएर नियमित रुपमा परीक्षणका लागि काठमाडौँ पठाइँदै आइएको छ ।

हालसम्म यस अस्पतालबाट पठाइएका आठवटा नमूनामध्ये दुईवटाको रिपोर्ट नेगेटिभ आएको छ भने छवटाको आउन बाँकी रहेको छ । नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष डा.अनिलबिक्रम कार्की भरतपुर महानगरले जुन साहस ग¥यो र यसमा सरोकारवालाहरुको सहयोग भयो यो आफैंमा निकै महत्वपूर्ण रहेको बताउँछन् ।

चिकित्सक स्वास्थ्यकर्मीका लागि सुरक्षित पोसाक (पिपिई) को चिन्ता पनि पूरा भएको भन्दै उनले सङ्घले एक ठाउँमा बिरामीको उपचार होस् भन्ने अपेक्षा गरेकोमा अस्पतालले पूरा गराएको बताए । उनले भने, ‘सबै स्थानीय तहहरुले भरतपुर महानगरको सिको गर्नुपर्छ ।’ जसले जे जति मात्रामा सकिन्छ गरेर अहिलेको सङ्क्रमणमा साथ र सहयोग पु¥याउनुपर्ने कार्कीको भनाइ छ ।

प्रजिअ नारायणप्रसाद भट्टराई जिल्लाका बिरामीहरु उपचारमा आउने मुख्य ठाउँ भरतपुर भएको र यहाँ कोरोनाको विशेष अस्पताल भएकाले मानसिक रुपमा सबैलाई ढुक्क हुने अवस्था उत्पन्न भएको बताउँछन् । अहिलेको सङ्क्रमणमा महानगरको अगुवाइमा उदाहरणीय काम गर्न सकिएको भट्टराईको भनाइ छ ।

महानगरसँगै जिल्लाका पाँच नगरपालिका र एक गाउँपालिका यतिबेला आ–आफ्नो ढङ्गले सङ्क्रमणको रोकथाममा जुटेको उनले बताए । रत्ननगरको गुञ्जमान अस्पताल र बकुलहर अस्पतालमा आइसोलेशन कक्षहरु निर्माण गरिएको छन् । भट्टराईले भने, ‘राज्यले गरेका निर्देशन मानेर सबै एक भएर रोग भित्रिन नदिन जुट्नुपर्ने समय आएको छ ।’

जिल्लामा रहेका विभिन्न अस्पताल र सार्वजनिकस्थलमा गरी पाँच सय ४६ श्ययाको क्वारेन्टाइन तथा आइसोलेशन स्थापना गरिएको छ । भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल ७० श्यया, भरतपुर अस्पताल ३० श्यया, कलेज अफ मेडिकल साइन्सेज र चितवन मेडिकल कलेज १०÷१० श्यया तयार गरिएको छ ।

त्यसैगरी रत्ननगर नगरपालिकाको गुञ्जमान अस्पताल र बकुलहर अस्पताल गरी २० श्यया, सामुदायिक अस्पताल बच्र्यैली १५ श्यया, होटल स्टार बैंकुइट रत्ननगरमा एक सय १५ श्यया, सौराहाको मारुनीमा ३० श्यया, रत्ननगर नगरपालिका–६ मा रहेको हेल्थपोष्टमा १० श्यया रहेका छन् ।

यस्तै खैरहनी नगरपालिकामा ६६ श्ययाको क्वारेन्टाइन स्थापना गरिएको छ । वडा नं ६ डिजने पार्टी प्यालेसमा २० श्यया, सैनिक आवासीय महाविद्यालय ३२ श्यया, रुरल रिकन्स्ट्रक्शन नेपालमा १४ श्यया र राप्ती नगरपालिकामा रहेको बुद्धशान्ति माविमा १५ श्यया रहेको छ ।

त्यसैगरी कालिका नगरपालिकाको स्वास्थ्य चौकी भवनमा १० श्यया, आधारभूत मावि जुटपानीमा १५ श्ययाको क्वारेन्टाइन सञ्चालन गरिएको छ । माडी नगरपालिकामा माडी मावि र माडी क्याम्पसमा गरी १०५ श्यया, इच्छाकामना गाउँपालिकाको कुरिनटारमा १० श्यया र जिल्ला कारागार चितवनमा १५ श्ययाको क्वारेनटाइन स्थापना गरिएको छ ।

चितवन जिल्लालाई मेडिकल सिटीका रुपमा लिने गरिन्छ । यहाँ सरकारी सङ्घीय अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुईवटा मेडिकल कलेज, २४ भन्दा बढी साना अस्पताल, नेपाल नेत्रज्योति सङ्घको भरतपुर आँखा अस्पताल सञ्चालनमा रहेका छन् ।

राजधानीबाहिरका चितवन निकट जिल्लाका बिरामीहरुको उपचारको केन्द्र भरतपुर हो । यहाँको क्यान्सर अस्पतालमा भारतबाट पनि उपचारका लागि बिरामी आउँछन् । यस जिल्लामा ७६ जिल्लाका नागरिकको बसोबास भएकाले उनीहरुका सम्बन्ध राख्नेहरु उपचारका लागि यहाँ आउने हुँदा बिरामीको निकै चाप हुने गर्दछ ।–नारायण अधिकारी/रासस

Advertisement

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top