कोरोना सन्त्रासः १६९ कैदी कारागार मुक्त

१७ चैत, काठमाडौँ । 

कोरोनाको सङ्क्रमण विश्वभरि फैलन थालेसँगै सर्वोच्च अदालतले गरेको आदेशानुसार हालसम्म १६९ कैदी कारागार मुक्त भएका छन् । सर्वोच्च अदालतले गत ७ गते एक वर्षभन्दा कम कैद तोकिएका कैदीलाई कारागार मुक्त गर्न आदेश दिएको थियो ।

अरु कैदीबन्दी नियमित रुपमा कैद भुक्तानीपछि छुट्ने भए पनि यी १६९ जना भने अदालतको आदेशानुसार छुटेको कारागार व्यवस्थापन विभागले जनाएको छ । विभिन्न जिल्लामा रहेका आठ बालसुधार गृहबाट ११९ बालबालिका छुटेका छन् । अरु कारागारबाट आइतबारसम्ममा ५९ जना छुटे । कतिपयले एक वर्ष कैद भुक्तानी बाँकी कैदीलाई कारागार मुक्त गर्ने भन्ने रुपमा बुझेको विभागका महानिर्देशक प्रदीपराज कर्णेलले बताए । उनले भने, ‘कैद नै एक वर्षभन्दा कम तोकिएकालाई मात्रै भनिएको हो र उनीहरु छुटेर घर घर गएका छन् ।’

सो आदेशानुसार फौजदारी कार्यविधि संहिताको २०७४ दफा १५५ को कार्यविधि पु¥याएर एक वर्षभन्दा कम कैद छेकिएका व्यक्तिहरुले छुट्न चाहने हो भने छुटिपाऊँ भनी कारागार प्रशासनमार्फत निवेदन दिनुपर्ने उनले बताए । कारागार प्रशासनले सम्बन्धित जिल्ला सरकारी कार्यालयमा निवेदन पठाउँछ । जिल्ला सरकारी वकिलको कार्यालयले अदालत वा न्यायिक निकायमा पठाएपछि त्यहाँको आदेशानुसार कैदी छुट्न सक्छन् ।

तीबाहेक पनि धेरै कैदीबन्दी कैद भुक्तानीपछि नियमित रुपमा छुटिरहेको महानिर्देशक कर्णेलले बताए । कतिपय कैदीबन्दी अदालतमा आइरहेका पनि छन् । नयाँ कैदीबन्दीका लागि सामान्य स्वास्थ्य परीक्षण गर्ने र आवश्यक परे क्वारेन्टाइन राखेर भित्र्याउने गरिएको उनले बताए । विभागले विभिन्न कारागारमा बिरामीलाई आवश्यक पर्दा छुट्टै राख्नका लागि क्वारेन्टाइनको समेत व्यवस्था गरेको छ । जगन्नाथदेवल (सेन्ट्रल जेल) मा नेपाल रेडक्रस सोसाइटीले १० पाल बिच्छ्याएर २० बेडको व्यवस्था गरेको छ । उनले भने, ‘अहिले त्यहाँ १३ जनालाई क्वारेन्टाइन राखिएको छ ।’

जगन्नाथ देवलसँगै अरु कारागारमा पनि क्वारेन्टाइनको व्यवस्था गरिएको छ । नख्खु कारागार परिसरमा रहेको मनोसामाजिक अस्पतालमा ‘आइसोलेसन’ श्ययाको व्यवस्था गरिएको छ । कारागारमा निर्माण सम्पन्न भए पनि हस्तान्तरण भइनसकेको महिला भवन रहेको छ । सो भवनलाई झन्डै १०० जनासम्मका लागि ‘क्वारेन्टाइन’ का रुपमा प्रयोग गर्न सकिने बताइएको छ ।

आठवटा बालसुधार गृह रहेकामा तीनमा पनि क्वारेन्टाइन निर्माण भइरहेको छ । काठमाडौँ उपत्यका बाहिरका विभिन्न कारागारमा पनि प्रदेश सरकार र स्थानीय तहको सहयोगमा ‘क्वारेन्टाइन’ निर्माण भइरहेको महानिर्देशक कर्णेलले बताए । कारागार बढी मानिस एकै ठाउँमा बसोबास गर्ने ठाउँ भएकाले जोखिम हुने भन्दै विभागले आवश्यक तयारी गरिरहेको छ ।

जगन्नाथ देवलमा रहेको कारागार अस्पताललगायत कारागारमा रहेको स्वास्थ्य विभागलाई आवश्यक परीक्षण गरेर मात्रै नयाँ कैदीलाई भित्र प्रवेश गराउन भनिएको उनले बताए । उनले भने, ‘कारागारमा प्रवेश गर्ने जोकोहीको परीक्षण गर्न हामीले भनेका छौँ ।’

विभागले त्यसका लागि कारागार प्रशासनलाई विभिन्न स्वास्थ्य सामग्री आवश्यक भएको गृहमन्त्रालयलाई जानकारी गराएको छ । कैदीबन्दी र कार्यरत कर्मचारीलाई कोभिड–१९ को सङ्क्रमण हुन नदिन स्वास्थ्य परीक्षण र उपचारका लागि आवश्यक सामग्रीको माग गरिएको हो । विभागले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि कैदीबन्दीको बाहिरी भेटघाट रोकेको छ । सरकारले ‘लकडाउन’ घोषणा गरेसँगै बाहिरी भेटघाट रोकिएको महानिर्देशक कर्णेलले जानकारी दिए ।

कारागारमा कार्यरत प्रशासनका कर्मचारी र कैदीबन्दी सबैलाई हात धुनका लागि आवश्यक साबुनपानीको व्यवस्थापन गरिएको छ । उनीहरुलाई सजग बनाउने काम भइरहेको उनले बताए । कैदीबन्दीमध्ये कतिपय दीर्घरोगी पनि छन् भने कतिलाई अरु स्वास्थ्य समस्या आउन सक्छ । तीनलाई कारागार भित्रै रहेको विभागले पहिलो चरणमा उपचार गर्ने र थप उपचार आवश्यक भएमा जिल्ला अस्पताल वा प्रादेशिक अस्पताप लैजाने गरिएको छ । उनले भने, ‘नियमित उपचार र औषधिमा कमी हुन दिइएको छैन ।’–सञ्चिता घिमिरे/रासस

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top