कोरोना रोकथामका लागि वर्षा शिवाकोटीले दिइन् १ लाख

१७ चैत ७६, सोमबार

१७ चैत, काठमाडौँ ।
कोरोना भाईरस रोकथामका लागि सरकारले खडा गरको कोरोना रोकथाम कोषमा जसले अभिनेत्री वर्षा सिवाकोटीले १ लाख सहयोग गर्ने घोषणा गरेकी छिन् । वर्षा सिवाकोटीले आपतमा परेकालाई सहयोग गर्न सम्बन्धित ठाउँमा उक्त रकम पुग्ने अपेक्षाको साथमा आफूले रकम सहयोग गरेको उनले बताएकी छिन् ।

Advertisement

उनले उक्त रकम सहयोग गरेको उल्लेख गर्दै सामाजिक सञ्जालमा एक स्ट्याटस लेखेकी छिन् । ‘दिनरात मजदुर गरेर जीविका पार्जन गर्नु हुने हाम्रा दाजुभाइ दिदीबहिनीलाई यो अवस्थामा निकै गाह्रो परेको छ, सरकारले उहाँहरुको लागी जति सक्दो चाँडो राहतको व्यवस्था गर्नु हुनेछ भन्ने आशा गरौँ यसको लागी मेरो व्यक्तिगत तर्फबाट नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा रु १००००० (एक लाख) जम्मा गर्न चाहन्छु र मेरो इच्क्षा, यो पैसा ती हाम्रा दाजुभाइ दिदीबहिनीमा जाओश जसले दैनिक काम गरेर जीवन गुजारा गर्नु हुन्छ ।’ उनले लेखेकी छिन्–‘ देशलाई बचाउन दिनरात भोक भोकै खट्नु हुने मेडिकल सेक्टरबाट डाक्टरहरू, नर्सहरू र मेडिकल सँग सम्बन्धित अन्य व्यक्तिहरू र हाम्रा देशका खम्बा प्रहरी दाजुभाइ दिदीबहिनीहरू र कोरोना भाइरस बाट बचाउन लाग्नु भएका अन्य क्षेत्रका व्यक्ति हरूमा नमन गर्छु। ’

यस अघी पनि गलबन्दी गायक प्रकाश सपुतले पनि २ लाख सहयोग गरेका छन् । उनले केहि दिन अघी नै कोरोना रोकथाम कोषमा क्त रकम जम्मा गर्ने जानकारी दिएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top