दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(लकडाउनमा आदेश)
लकडाउनका कारण प्रभावित भएका अति विपन्न मजदुरहरुको आधारभूत जीवनयापनको तत्काल व्यवस्था गर्न सरकारका नाममा सर्वोच्चद्वारा अन्तरिम आदेश /राहत दिँदा तीनवटै तहका सरकारहरुबीच समन्वय गर्न पनि आदेश ।

२.(नेगेटिभ आयोस् )
काठमाडौंको वीर अस्पतालमा ज्वरो र निमोनिया देखिएकी एक युवती र बेहोस अवस्थामा अस्पताल पुर्याइका एक युवकको मृत्यु /दुवै जनाको मृत्युको कारण भने खुल्न बाँकी/ दुवैको कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी ।

३.(रिपोर्टको पखाई)
कोरोना आशंकामा पाटन अस्पतालको आइसीयूमा रहेका धादिङका एक युवाको मृत्यु /कोरोनाको संक्रमण परीक्षणका लागि स्वायव टेकु पठाइएको र रिपोर्ट आउन बाँकी रहेको अस्पतालको भनाई ।

४.(अबुझको संख्या)
एक सातामा लकडाउनको उल्लंघन गर्ने सातवटै प्रदेश र काठमाडौ उपत्यकाबाट ६ हजार ५ सय ३२ जना पक्राउ /१० हजार ९ सय ९५ वटा सवारी साधन नियन्त्रणमा ।

५.(परीक्षण बढ्यो)
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एकै दिन ७६ वटा कोरोना संक्रमणको नमुना परीक्षण / प्रदेशहरुमा ९३ जना आईसोलेसनमा रहेका र २ सय १७ वटा नमुना संकलन भएको गृह मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाको भनाई ।

६.(पीपीईको उपलब्धता)
कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारमा संलग्नका स्वास्थ्यकर्मीका लागि प्रयोग हुने अत्यावश्यक सामाग्री सात वटै प्रदेशमा वितरण गर्न सुरु/सातै प्रदेशमा परीक्षण सुरु गर्ने तयारी / सातै प्रदेशमा ल्याब विज्ञ पठाइयो ।

७.(देखिएन कोरोना)
बुटवलको ‘कोरोना विशेष’ अस्पतालमा मृत्यु भएका ३४ वर्षे युवामा कोरोना संक्रमण नभएको पुष्टि /युवकको दुई पटक गरिएको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको अस्पतालको भनाई ।

८.(पिडामा नेपाली)
लकडाउनका कारण चार दिनदेखि भारतको धारचुलामा करिब पाँच सय नेपाली अलपत्र /सबैलाई राख्न सदरमुकाममा क्वारेन्टाइन नभएको र सरकारले नभन्दासम्म पुल खोल्न पनि नसकिने प्रमुख जिल्ला अधिकारीको भनाई ।

९.(ज्यानका लागि जोखिम)
चार दिनदेखि भारत पिथौरागढ जिल्लाको धारचुलामा अलपत्र परेकामध्ये महाकाली नदीमा पौडेर स्वदेश आएका तीन नेपाली नेपाल प्रहरी र सशस्त्र प्रहरीको नियन्त्रणमा /सयौं नेपाली अझै सीमामा अलपत्र ।

१०.(नियति उस्तै छ)
वीरगञ्ज–रक्सौल नाकामा नेपालबाट घर फर्किन लागेका एक हजार भारतीय अलपत्र /भारतीय सीमा सुरक्षा बलले स्वास्थ्य परीक्षणका लागि भनी हिजो बेलुकादेखि नै लाईनमा लगाएपनि स्वास्थ्यकर्मी समेत नआएको गुनासो ।

११.(संकट टार्न ऋण)
कोरोनाका कारण उत्पन्न संकटसँग जुध्न अन्तर्राष्ट्रिय सहायता परिचालनमा बढी ध्यान दिने सरकारको रणनीति /सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट निब्र्याजी १३ अर्ब ऋण लिने /एसियाली विकास बैंकले दिने सहायता पनि स्वीकार गर्ने ।

१२.(कारबाही किन नगर्ने ?)
वीरगञ्जका अस्पतालहरूले उपचार गर्न नमानेपछि बाराका २५ वर्षीय विजय कुशवाहाको मृत्यु / मेसिनले खुट्टा काटेपछि अस्पतालले उपचार गर्न नमान्दा शरीरमा संक्रमण फैलिएर मृत्यु भएको शिक्षण अस्पताल स्रोतको भनाई ।

१३.(पहिचान नलुकाउनुस्)
लकडाउन हुनुभन्दा केही दिनअघि विदेशबाट आएका संक्रमित चारजनासँगै तीन विमानमा आएका ४ सय ५८ मध्ये ३ सय २ यात्रु अझै सम्पर्कबाहिर /कोरोना संक्रमित बिरामीसँगै जहाजमा आएकाहरुको पहिचान गर्न नाट्टाले सहयोग गर्ने ।

१४.(सिप्यानलाई सलाम)
कोरोनाको कहरका कारण क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)द्वारा यस वर्षको सिप्यान क्रिकेट अवार्ड स्थगित /अवार्डमा वितरण गर्न लागिएको चार लाख ६२ हजार रुपैयाँ सिप्यानले सरकारी कोषमा जम्मा गर्ने ।

र,
१५.(संक्रमित र मृतक)
कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सोमबार सात लाख नाघ्यो /सबैभन्दा धेरै अमेरिकामा १ लाख ४२ हजार संक्रमित/ इटालीमा मात्रै सवैभन्दा धेरै १० हजार ७ सय बढीको मृत्यु /विश्वभर सोमबार साझसम्म ३४ हजार ७ सय बढीको मृत्यु ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top