ह्याचरी व्यवसायीद्वारा ४२ लाख चल्ला नष्ट, मासुको मूल्य ५ सय पुग्नसक्ने

२० चैत ७६, बिहीबार
Share this
753shares

२० चैत, काठमाडौं । लकडाउनपछि ह्याचरी व्यवसायीले ४२ लाख चल्ला गाडेका छन् । किसानले चल्ला खरिद नगरेका कारण चल्ला गाड्न परेको नेपाल ह्याचरी सघंका अध्यक्ष टिकाराम पोखरेलले जानकारी दिए ।

Advertisement

हाल ह्याचरीलाई दैनिक ३ करोड ४५ लाख र समग्र कुखुरा उद्योगलाई २१ करोड ४५ लाख घाटा रहेको उनले बताए ।

दाना उद्योगले दाना ढुवानी नगरेको कारणले नयाँ चल्ला हाल्न नसकिएको नेपाल कुखुरा पालक किसान सघंका अध्यक्ष झनक प्रसाद पौडेलले बताए। ‘पहिलो कुरो त दाना उत्पादक हरुले ढुवानीमा समस्या देखाएर दाना दिएका छैनन्। कुखुरा पनि बिकेको छैन। त्यसैले किसानले कुखुरा पाल्न सकेका छैनन्’ पौडेलले भने।

Advertisement

दाना उद्योगले अप्ठेरो समयको मौका छोपेर नगदमा मात्र कारोबार गर्ने गरेको उनले आरोप लगाए। पैसा दिएपनि दाना उद्योगीसगँ दानाको स्टक सकिएको दाना उद्योग सघंका अध्यक्ष रविन पुरीले बताए। दाना ढुवानीको गाडीलाई रोकतोक छैन भनिएपनि प्रहरीदे दुख दिने गरेको उनले गुनासो पोखे।

दाना भए आफ्ना पुराना किसानलाई उधारो दिन कुनै समस्या नभएको उनले स्पस्ट पारे। अवस्था यस्तै रहे ४५ दिन पछि कुखुराको मासुको मूल्य ५ सय पुग्ने पुरीले बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top