चितवनमा अत्यावश्यक सवारी पास वितरण बन्द

२० चैत, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले लकडाउनको समयमा अत्यावश्यक कामका लागि प्रदान गर्दै आएकोे सवारी पास (अनुमति पत्र) वितरण बन्द गरेको छ ।

Advertisement

कार्यालयले बुधबार सूचना जारी गर्दै सबै प्रकारका पास वितरण बन्द गरेको जानकारी दिएको हो ।

पास लिन प्रशासनमा दिनहुँ भिडभाड बढ्दै गएपछि प्रशासनले यस्तो निर्णय लिएको कार्यालयका प्रशासकीय अधिकृत इश्वर सिंखडाले जानकारी दिए ।

Advertisement

उनले सरकारको निर्णय अनुसार अनुमति पाएकाले आफ्नो परिचयपत्रका आधारमा सवारीसाधन चलाउन सक्ने बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top