विराटनगरमा प्रदेश सरकारले बनायो ५० शैय्याको कोरोना अस्पताल

२१ चैत, विराटनगर ।
प्रदेश १ को विराटनगरस्थित नेशनल ट्रेडिङको भवनमा निमार्ण गरिएको कोरोना विशेष अस्थायी अस्पतालको शुक्रबार शुभारम्भ गरिएको छ । ५० शैयाको कोरोना अस्थायी अस्पताल अब पूर्ण क्षमतामा सञ्चालनमा आएको हो ।

प्रदेश मन्त्रिपरिषदको चैत्र ७ गते बसेको बैठकले सो ठाउँमा अस्पताल निमार्ण गर्ने निर्णय गरेको थियो । ८ गतेदेखि निर्माण थालिएको अस्पताल शुक्रबार तयार भएको हो ।

सो अस्पताल एक साताभित्र निर्माण सम्पन्न गर्ने भनिएपनि मुलुकभर लागू भएको लकडाउनका कारण उत्पन्न प्राविधिक कठिनाईका कारण केही ढिला सम्पन्न भएको मुख्यमन्त्री शेरधन राईले बताए । अस्पतालको निरीक्षण पश्चात कोरोना संक्रमितको उपचारका लागि सम्पूर्ण सेवाहरु प्रदान गरिने उनले बताए ।

Advertisement

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमितको उपचार गर्दै निधान केन्द्रको रुपमा सञ्चालन भएको अस्पतालमा १० बेडको भेन्टिलेटर जडान गरिएको बताए । हरेक वार्डमा सीसी क्यामेरा जडान गरिएको र अक्सिजन पाईपलाईन जडान लगायतका सम्पूर्ण प्राविधिक कार्यहरु सम्पन्न भएको उनले बताए । स्वास्थ्यकर्मीका लागि व्यक्तिगत स्वास्थ्य सुरक्षाको यथोचित प्रवन्ध, स्वास्थ्य वीमा, अतिरिक्त भत्ताको प्रबन्ध गरेको समेत उनले बताए ।

भविष्यमा पनि यस अस्पतालबाट स्वास्थ्य सेवामा निरन्तरताको प्रवन्ध गरिने मन्त्री घिमिरेले बताए । उनले कोरोनाको उपचारपछि अन्य स्वास्थ्य सेवा वा शिक्षण अस्पतालका रुपमा सञ्चालन गर्न सकिने समेत बताएका छन् । यस अस्पतालमा अन्यन्त्रबाट रेफर आएकाहरु सहित सबै कोरोना संक्रमितको उपचारात्मक सेवा सञ्चालन गरिनेछ । अस्पतालको सम्पूर्ण व्यवस्थापन कोशी अस्पताल विराटनगरले गर्ने भएकाले अस्पतालको नाम पनि कोशी अस्पताल नै राखिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

सम्बन्धित समाचार

Scroll to Top