कोरोना संक्रमण भएका थप तीनजना विरामी फेलाः स्वास्थ्य मन्त्रालय

२१ चैत ७६, शनिबार

२२ चैत्र, काठमाडौँ ।
स्वास्थ्य मन्त्रालयले कोभिड १९ संक्रमण भएका थप तीनजना विरामी फेला परेको बताएको छ ।

मन्त्रालयको आधिकारिक फेसबुक पेजमा दिइएको जानकारीअनुसार तीनैजना धनगढीका हुन् । संक्रमितमा भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिला रहेको मन्त्रालयको पेजमा उल्लेख गरिएको छ।

यी महिला यसअघि कैलालीमा भेटिएका संक्रमित पुरूषकी आफन्त भएको पनि मन्त्रालयले जनाएको छ। योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ।

Advertisement

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले पनि भारतबाट आएका दुईजनामा संक्रमण देखिएको पुष्टि गरे। धनगढीमा भारतबाट आएका दुईजनामा कोभिड १९ देखिएको छ।

निजका परिवारमा समेत संक्रमण फैलिएको आशंका गरिएको पाण्डेले जानकारी दिए । यी सबैको स्वाबको नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top