भारतमा कोरोना संक्रमित हुनेको संख्या एकै दिन ६ सय भन्दा बढी

२२ चैत्र, एजेन्सी ।

Advertisement

भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या एकै दिन ६ सय भन्दा बढीले बढेको छ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण्ड मन्त्रालयका अनुसार शुक्रबार एकै दिन थप ६०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। योसँगै भारतमा कुल संक्रमितको संख्या तीन हजार ८२ पुगेको छ।

Advertisement

यस्तै भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८६ पुगेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । भारतमा संक्रमितको संख्या बढ्नुमा नयाँ दिल्लीको एक मस्जिदमा भएको धार्मिक कार्यक्रममा सहभागी भएकाहरुमा संक्रमण फैलिनु रहेको जनाइएको छ ।

भारतमा अहिलेसम्म संक्रमण पुष्टि भएका मध्ये ६४७ जनाको सीधा सम्बन्ध दिल्लीको निजामुद्दिन क्षेत्रमा रहेको तबलिगी जमात मस्जिदमा भएको धार्मिक कार्यक्रमसँग रहेको स्वाथ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

Advertisement

दिल्ली सरकारले सो मस्जिदमा आयोजना गरेको कार्यक्रममा संलग्नहरुलाई कडा कारवाही गर्ने जनाएको छ । अहिलेसम्म भारतका १४ राज्य तथा प्रान्तहरुमा संक्रमण पुष्टि भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top