हुम्लामा ६९ जना क्वारेन्टाइनमा

२२ चैत ७६, शनिबार

२२ चैत्र, सिमकोट ।

Advertisement

हिमाली जिल्ला हुम्लामा भारत तथा देशका अन्य भागबाट भित्रिएका ६९ जना क्वारेन्टाइनमा राखिएको छ।

बाहिरबाट जिल्ला भित्रिएका कारण कोरोनाको सम्भावित संक्रमणबाट सावधानी अपनाउन उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो। हालसम्म सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकामा ३९ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

Advertisement

जसमा रानीवनमा रहेको होटेलमा ३० जना रहेका छन् भने स्वास्थ्य सेवा कार्यालय क्षेत्रमा रहेको चर्चमा नौ जनालाई क्वारेन्टाइनमा राखिएको छ। त्यसैगरि खार्पुनाथ गाउँपालिकाले विभिन्न वडामा गरी हालसम्म नौ जना जिल्ला बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राखिएको छ।

त्यस्तै नाम्खा गाउँपालिकाले २१ जनालाई क्वारेन्टाइनमा राखेको जनाएको छ। क्वारेन्टाइनमा रहेकाहरु स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा रहेका छन्। हालसम्म उनीहरुलाई कुनै पनि जोखिम देखिएको छैन।

Advertisement

अब १४ दिनसम्म उनीहरुले क्वारेन्टाइनमा बस्नुपर्नेछ। हाल क्वारेन्टाइनमा रहेकाहरु भारतका विभिन्न ठाँउहरुमा काम गर्दागर्दै कोरोना संक्रमणको त्रास फैलिएपछि फिर्ता भएका हुन् भने केही देशकै विभिन्न क्षेत्रहरुमा अध्ययन तथा व्यापार व्यवसाय गरी फर्केकाहरु छन्।

यी सबैलाई कर्णाली प्रदेश सरकारले गत चैत १४ गते नेपालगंजबाट सुर्खेत हुँदै मुगुसम्म गाडीमा उद्धार गरेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top