नगरभित्रका शंकास्पद र बिरामीको खर्च नगरपालिकाले बेहोर्ने

२२ चैत ७६, शनिबार

२२ चैत्र, धादिङ ।
धादिङको नीलकण्ठ नगरपालिकाले कोरोना भाइरसबाट आफ्नो नगरभित्रका कोही व्यक्ति संक्रमित भएको पाइएमा सम्पूर्ण उपचार खर्च बेहोर्ने बताएको छ।

Advertisement

क्वारेन्टाइनमा बसेकाहरुको खाना आवास लगायत सम्पूर्ण खर्च, शंकास्पद बिरामीहरुको चेकजाँच खर्च तथा कोही कसैलाई कोराना संक्रमण पुष्टि भएको खण्डमा सम्पूर्ण उपचार खर्च नगरपालिकाले नै बेहोर्ने नगरप्रमुख भीमप्रसाद ढुङगानाले बताए।

‘हामीले सकेसम्म संक्रमण हुनै नदिने प्रयास छौँ, मेयर ढुङगानाले भने, ‘विश्वका ठूला ठूला देशहरु पनि रोक्न नसकिरहेका बेला कथमकदाचित हाम्रो नगरबासी कसैलाई कोरोना देखिहाल्यो भने पनि हामी निःशुल्क र पूर्ण उपचार गराउने छौँ।’

Advertisement

भाइरसको संक्रमणबाट जोगिन अनुरोध गर्दै नगरपालिकाले दिनहुँ विभिन्न वडाका टोल टोलमा पुगेर माइकिङ गरिरहेको छ। भारत लगायत विदेशबाट आएकाहरुलाई कम्तीमा दुई हप्ता आफ्नै घरमा क्वारेन्टाइनमा बस्न अथवा नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइन स्थलमा बस्न अनुरोध गरेको छ।

नीलकण्ठ नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्था तथा क्वारेन्टाइनमा मात्रै ५३ वटा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) छन्। कोराना भाइरसको संक्रमणको जोखिम कम गराउनको लागि बढी जोखिम मानिएका बस्ती र टोलटोलमा डिस्इन्फेक्सन छर्किन सुरु गरिएको छ।

Advertisement

नीलकण्ठ नगरपालिकाको बढी मानिसहरु जम्मा हुने स्थानहरु, बसपार्क, मुख्य चोकहरु, गाउँ गाउँमा मुख्य बजार क्षेत्रहरुमा औषधि छर्कन सुरु गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top