×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

लकडाउनको सदुपयोगः यसरी हुँदैछ काठमाडौँमा सडक मार्किङ

२२ चैत्र २०७६

२२ चैत, काठमाडौँ ।

महामारीका रुपमा विश्वव्यापी फैलिएको कोभिड–१९ को जोखिमका कारण यतिखेर विश्वका २०० भन्दा बढी मुलुक प्रभावित छ । छिमेकी मुलुकहरुमा फैलिएको रोगको सङ्क्रमण नेपालमा पनि बढ्नसक्ने विश्व स्वास्थ्य सङ्गठनको चेतावनी दिइसकेको छ । रोगबाट मुलुकलाई जोगाउन सरकारले अन्त्यावश्यक बाहेक बाहिर ननिस्किन जारी गरेको आदेश ‘लकडाउन’ को आज ११औँ दिनसम्म मानिसको आवाजावत ठप्प छ । अत्यावश्यक बाहेकको काम हुन सकिरहेको छैन ।

यस्तो अवस्थामा लकडाउनलाई कतिपयले भरपुर सदुपयोग पनि गरिरहेका छन् । भर्खरै कालोपत्र गरिएको र लेयर थपिएको काठमाडौँ उपत्यकाको विभिन्न क्षेत्रका सडकमा अहिले लेन, जेब्राक्रसिङ तथा ट्राफिक सङ्केत मार्किङ गर्ने काम जारी छ । उपत्यकाको सडक सिँगार्ने काममा कोभिड–१९ विरुद्ध आवश्यक सुरक्षात्मक मापदण्ड अपनाएर मजदूरको एउटा समूह परिचालन गरिएको छ । यो क्रमलाई आइतबारदेखि भने दुई समूहमा परिचालन गर्ने योजना रहेको सडक डिभिजन कार्यालय काठमाडौँले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ आज अपराह्न मार्किङ गरिरहेको सडक क्षेत्रको स्थलगत अनुगमनसमेत गरेका छन् । उनले सो क्रममा कर्मचारीलाई आवश्यक निर्देशनसमेत दिए । उनीसँगै थिए महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल र सडक डिभिजन काठमाडौँका प्रमुख कुवेर नेपाली ।

मन्त्री नेम्वाङले भने, ‘आवश्यक सुरक्षाका उपाए अपनाएर सडक मार्किङलाई तीव्रता दिनुपर्छ मन्त्रालयले के सहयोग गर्नुपर्ने हो, हामी सहयोग गछौँ ।’ उनले खानेपानीको पाइपलाइन विस्तारलगायत विभिन्न कारणले क्षति पुगेको गौशाला–चाबहिल सडक व्यवस्थापनमा लाग्नसमेत डिभिजन प्रमुख नेपालीलाई निर्देशन दिएका छन् । नेपालीका अनुसार उक्त सडक व्यवस्थापनको आवश्यक प्रक्रिया शुरु भइरहेको जानकारी दिए । खानेपानीको काम सकिएकाले अब सरडकको कामलाई निरन्तरता दिने योजना अघि सारिएको छ ।

यसअघि छोटो समयमा मन्त्री नेम्वाङले १०० दिनको कार्यकालमा काठमाडौँ उपत्यकाको मूल सडकमा देखिएका नौ हजार ५०० सडकका खाल्टाखुल्टी पुरेको जानकारी गराएका थिए । खाल्टाखुल्टी पुरिएपछि दुर्घटनाको जोखिम कम भएको छ । पछिल्लो समयमा उपत्यकाको मुख्य सडकमा झण्डै ३० किलोमिटर सडक कालोपत्रसमेत भइसकेको छ । त्यही सडकमा अहिले मार्सिङको काम भएको हो । मुख्यगरी जेब्राक्रसिङ, एज लेन, सेन्टर लाइन र लेनलाइनको काममा डिभिजन कार्यालयले मजदूर खटाएको छ ।

आजसम्म कार्यालयले महाराजगञ्ज–बालुवाटार, धुम्बाराही–हाँडीगाउँ, थापाथली–माइतीघरको मार्किङको काम सकेको डिभिजन प्रमुख नेपालीले बताए । आज माइतीघरदेखि पुतलीसडकसम्मको काम जारी छ । सडकमा मजदूरले रङ पकाउने, डोरी तान्ने र यन्त्रबाटै सडक मार्किङ गरिरहेका छन् । त्यही सिलसिलामा मन्त्री नेम्वाङ पनि सडकमा आएर आवश्यक निर्देशन दिएका हुन् । आइतबार तीनकुनेदेखि विमानस्थल र बबरमहल क्षेत्रको सडकको मार्किङको काम हुने जनाइएको छ ।
‘कोरोनाको जोखिमका कारण अहिलेसम्म सुरक्षात्मक उपाए अपनाएर एक समूहमार्फत काम गराइएको थियो, अब विस्तारै समूह थप्ने योजनामा छौँ, सामाजिक दूरी कायम गरेर कामलाई तीव्रता दिने सोचमा छौँ’, प्रमुख नेपालीले भने । नयाँ बनेका सबै सडकमा मार्किङको काम सक्ने योजना डिभिजन कार्यालयको छ । अहिले मार्किङका लागि उपयुक्त समय हो । यो बेलामा न मानिसको भीडभाड छ न सडकको अवरोध । अरु बेलामा गाडीको चापले काम गर्न सकिने थिएन । राति काम गर्नुपर्ने बाध्यता थियो । राति काम गर्दा नसुक्ने समस्याले गाडीको चक्कामै टाँसिएर बिग्रने सम्भावना थियो । यस पटक लकडाउनले दिउँसो नै काम गर्न सकिने भएकाले रङ राम्रोसँग बस्नेछ ।

लकडाउनको अवस्था सुरक्षामा खटिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले सडक मार्किङमा पनि आवश्यक समन्वय गरिरहेको छ । कार्यालयका प्रमुख भीमप्रसाद ढकालले भने, ‘सडकमा चिह्न लगाउने यो नै उपयुक्त बेला हो, यसको भरपुर सदुपयोग गर्नुपर्छ भनेर नै हामी लागेका हौँ ।’ ट्राफिक प्रहरीले लकडाउनको बेलामा गर्ने आवश्यक सुरक्षात्मक कामका साथै सडक मार्किङमा पनि ट्राफिकले आवश्यक समन्वय र सहयोग गरिरहेको ढकालले बताए ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबारको बैठकले अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र विभिन्न निर्माण आयोजना सञ्चालनलाई केही खुकुलो पार्दै आवश्यक सुरक्षात्मक उपाए अपनाएर सञ्चालन गर्न दिने निर्णय गरिसकेको छ । बाहिरबाट मजदूर ल्याउन भने नपाइने भएकाले मजदूरलाई आवासीय रुपमा परिचालन गर्नुपर्छ । आवश्यक सुरक्षा मापदण्ड अपनाएर नै सडकको मार्किङको काम जारी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

कोभिड–१९ को जोखिम रहेको वर्तमान अवस्थामा अन्य विभिन्न क्षेत्रका व्यक्तिले समेत आआफ्नो कामलाई घरभित्रै बसेर सञ्चालन गरिरहेका छन् । कलाकार आफ्नो नयाँ–नयाँ गीत–सङ्गीत, चलचित्र तथा नाटकको तयारीमा जुटेका छन् । चित्रकारहरु बन्द कोठाभित्रै बसेर क्यान्भासमा सिर्जना कोरिरहेका छन् । साहित्यकार साहित्यिक रचनामा व्यस्त छन् । – नारायण ढुङ्गाना/ रासस

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top