२३ चैत, काठमाडौँ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिल्क लगायत विभिन्न एयरलाइन्सबाट नेपाल आएर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनाएको छ । आईतबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले खरिपाटीको क्वारेन्टाईमा रहेका सबै ९४ जनाको कोरोना भाइरसको नुमना परीक्षण नेगेटिभ आएको पुष्टि गरेका हुन् ।
सरकारले अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि गत चैत ९ गते नेपाल आएका उनीहरुलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाईनमा राखिएको थियो । डाक्टर देवकोटाले आईतबार सम्म राष्ट्रिय प्रयोगशालामा १ हजार ५ सय २९ वटा नमुना परीक्षण गरिएको र काठमाण्डौ बाहिर पोखरा, जनकपुर, सुर्खेत, हेटौडा र धनगढीमा परीक्षण पनि परीक्षण भईरहेको जानकारी दिए । उनले चितवनमा नमुना परीक्षण टेष्टको काम भईरहेको र बुटबलमा सोमबार देखि सुरु हुने बताए । काठमाण्डौमा १२ जना र बाहिर १ सय १ जनागरि १ सय १३ जना आइसोलेनमा छन् । मन्त्रालयको मोबाईल एप्समा आफ्नो व्यक्तिगत विवरण भर्नेहरु ८ हजार ९७पुगेका छन् ।
आईतबार मात्रै १ हजार ८ सय १२ जनाले व्यक्तिगत विवरण भरेको र तीमध्ये २४ वटा विवरण रेड जोनमा परेका छन् । यो संगै रेड जोनमा रहेकाको संख्या १ सय ५० पुगेको छ । उनले कैलाली, कञ्चनपुर र बाग्लुङका क्वारेन्टाईनमा रहेका सबैको तथा चैत महिनामाबाहिरबाट नेपालप्रवेश गरेका सबैको र्यापिट टेष्ट बाट कोभिड १९ को परीक्षण गर्ने र पोजेटिभ देखिएका व्यक्तिको पुन पिसिआर विधिबाट परीक्षण गर्न सरकारले दिएको निर्देशन अनुसार सम्बन्धीत निकायको बैठक बसी तीनै जिल्लामा सोमबार नै टोली पठाउने निर्णय भएको जानकारी दिए ।
क्वारेन्टाईनको गुणस्तर कायमका लागि सरकारले बनाएको मापदण्ड अनुसार हुनुपर्ने र सो भए नभएको अनुगमन भईरहेको पनि उनले स्पष्ट पारे । अझै पनि विरामीहरुले स्वास्थ्य सेवा नपाएको गुनासो आउने क्रम नरोकिएको भन्दै उनले आकस्मिक सेवा अनिवार्य रुपमा दिन सबै अस्पतालहरुलाई पुन सचेत गराए । उपचार नपाएर एउटा अस्पतालबाट अर्कोमा जाने अवस्था श्रृजना नगर्न पनि उनले आग्रह गरे । उनले बाहिरबाट आएका संक्रमित व्यक्तिले आफ्ना परिवारलाई सारेको अवस्थामा बाहिरबाट आएकाहरु क्वारेन्टाईनमा अनिवार्य बस्नुपर्ने विषयलाई गम्भीर रुपमा पालना गरि परिवार, समाज र राष्ट्रप्रति जिम्मेबार बन्न आग्रह गरे ।