२४ चैत, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा कोरोना भाइरस (कोभिड(१९) बाट संक्रमित नेपालीहरुको सख्या ११ पुगेको छ ।
नेपाली दूतावास आबुधाबीका अनुसार हालसम्म यूएईमा २ जना नेपालीहरु सफल उपचार पाएर निको भएका छन् भने ९ जनाको स्थिति सामान्य रहेको र यूएईका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।
यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार यूएई सरकारसँग नियमित संपर्क भइरहेको र दूतावासले नेपालीहरुको बारेमा जानकारी लिइरहेको छ। राजदूत ढकालले यूएई सरकारले कोरोना भाइरस संक्रमित नेपालीहरुको उपचार निस्शुल्क गरिरहेको समेत जानकारी दिएका छन्।
हालसम्म यूएईमा १७९९ जना संक्रमित भएका छन्। संक्रमितमध्ये १४४ जना उपचारपश्चात निको भएका छन भने १० जनाको मृत्यु भएको छ।