२४ चैत्र, काठमाण्डौं ।
नेपालका दिवेश पोखरेल अमेरिकाको चर्चित गायन प्रतियोगिता अमेरिकन आईडलको उत्कृष्ट २० मा पर्न सफल भएका छन् ।
आइतबार प्रशारण भएको शृङखलाबाट उनले उत्कृष्ठ २० मा सुरक्षित स्थान बनाएका हुन् । बब मार्ली इज दिस लभ बोलको गीतले निर्णायक मण्डलहरुको मन जित्न सफल भएका थिए ।
हजारौं दर्शकको उपस्थितिमा उनले आफ्नो धमकादार प्रस्तुति दिएका थिए । प्रस्तुती हेर्न उनको परिवार पनि उपस्थित थियो । ‘अर्थर गन’को नामबाट परिचित पोखरेलले हरेक प्रस्तुतिमा जजबाट प्रशंसा तथा ‘स्ट्यान्डिङ अवेशन’ पाइरहेका छन् ।
टप २० छान्नको लागि निर्णायकलाई निकै सकस परेको थियो । तर, दिवेशलाई टप २० मा लग्न केही सोच्नु नपरेको बताएका छन् । पोखरेललाई छान्दै गर्दा निर्णायक मण्डलले भनेका थिए, ‘तिमी उदाउँदो तारा हौ ।’
काठमाडौँमा जन्मिएका दिवेश पाँच वर्षअघि मात्र अमेरिका पुगेका थिए । उनले विश्वभरका युवालाई आफ्नो सपना पछ्याउन प्रेरित गर्नु आफ्नो लक्ष्य रहेको बताएका छन् । अहिले भने केही समयका लागि कोरोना भाइरसका कारण अमेरिकन आइडलले आफ्नो कार्यक्रमको निर्माण रोकेको छ ।
पोखरेललाई अबको यात्राको लागि प्रस्तुतीसँगै सामाजिक संजालमा फलोअरको संख्या पनि चाहिने भएको कारण अमेरिकन आइडलले एउटा फेसबुक पेज दिएको छ । यो पेजमा फलोअरको संख्याले उनलाई केही अंक प्राप्त हुनेछ र अर्को चरणसम्म पुग्न सहयोग पुग्नेछ ।
पोखरेलले आफ्नो फेसबुकमार्फत् पेज लाइक गर्न तथा शेयर गरी आफन्त तथा साथीभाईलाई लाइक र शेयर गर्न अनुरोध समेत गरेका छन् ।