दुबईमा कोरोनाबाट एक नेपाली महिलाको मृत्यु

२४ चैत, युएई । कोरोना भाइरसका कारण संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको ज्यान गएको छ।

Advertisement

रुपन्देही देबदह– ६ की बिनु पराजुलीको कोरोना भाइरसको कारण गत शुक्रवार मृत्यु भएको सोमबार प्राप्त रिपोर्टबाट  पुष्टि  भएको छ । ४० वर्षीया पराजुली उनी कार्यरत घरमै गत  शुक्रबार बिहान मृत अवस्थामा फेला परेकी थिइन्।

उनी १० वर्षदेखि दुबईमा कार्यरत थिइन्। पछिल्लो समयमा उनी वरदुबईस्थित एक भारतीय नागरिकको घरमा काम गर्दै आएकी थिइन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top