×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानविन गर्न कांग्रेसको माग

२५ चैत्र २०७६

२५ चैत्र, काठमाडौं ।

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सरकारमा नरहे पनि संकटको बेला सँगै लडन सरकारलाई सहयोग गर्ने बताएको छ ।

Advertisement
Advertisement

कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग लडन सरकारलाई प्रयाप्त समय हुँदा पनि तयारी गर्न नसकेको भएपनि कांग्रेसले पूर्ण सहयोग गर्ने निर्णय गरेको हो । मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारीहरुको बैठकले मानविय भावनाले सरकारलाई सहयोग गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले बताए ।

बैठकले कोरोना भाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेको अवस्थामा व्यापक रुपमा परिक्षणको दायरा बढाएर जान समेत सरकारलाई आग्रह गरेको छ । त्यस्तै बैठकले पीपीइ, भेन्टीलेटर, परिक्षण किट लगायतका अपरिहार्य सामग्रीको व्यवस्था छिटो गर्न आग्रह गरेको प्रवक्ता शर्माले बताए ।

उनले भने ‘नेपाली कांग्रेस पार्टीको तर्फबाट सरकारलाई सम्पूर्ण रुपले घचघच्याउने सरकारले परिक्षणको दायरा व्यापक रुपमा बर्ढाएर जानुपर्ने बैठकले आवश्यकता महसुस गरेको छ । सरकारलाई त्यसका लागि अपिल गरेको छ ।

पीपीइ, परिक्षण किट, भेन्टिलेटर जस्ता अत्यावश्यक सामग्रीहरुको अप्रयाप्तता जे छ त्यसलाई चाँडोभन्दा चाँडो सरकारले जुन प्रकृयाले हुन्छ व्यवस्थापन गर्नलाई आजको बैठकले अपिल गरेको छ सरकारको कमिकमजोरीहरुको सन्दर्भमा औल्याउने तर अहिलेको बेलामा सरकारमा सँगै नरहेर पनि सरकारलाई संकटमा साथ दिन सकिन्छ सँगै नरहेर पनि संकटमा सँगै लडन सकिन्छ भन्ने भावनाका साथ नेपाली कांग्रेस पार्टीले सरकारलाई हरसम्भवले सघाउने भन्ने निर्णय पनि आजको बैठकले गरेको छ ।’

स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु सरकारले उपलब्ध गराउनुपर्ने र स्वास्थ्यकर्मीहरुलाई पनि मानविय भावनाले काम गर्न बैठकले आग्रह गरेको उनले बताए । बैठकले लकडाउन ठूलो जोखिमबाट बच्नका लागि भएकाले सबैलाई ढाडसका साथ उभिन आग्रह समेत गरेको छ ।

कोरोना भाइरस संक्रमणको नियन्त्रणका लागि गरिएको स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचारको विषयमाथि छानविन गर्न बैठकले माग गरेको समेत प्रवक्ता शर्माले बताए । पीपीइ, परिक्षण किट लगायतका सामग्री ल्याउन ढिलो गर्ने र बजार मूल्य भन्दा बढी रकम खर्च गरेर राज्य कोषमा भ्रष्टाचार भएको ठहर गरिएको उनले बताए ।

ल्याइएका स्वास्थ्य सामग्रीहरु प्रयोग गर्न उचित नहुने स्वास्थ्यकर्मीहरुले बताएको उल्लेख गर्दै गम्भिरतापूर्वक लिएको उनले बताए । उनले भने ‘स्वास्थ्य सामग्री खरिदमा भएको जे अनियमितता छ, जे भ्रष्टाचार छ, त्यसलाई छानविन गर्ने र कारबाही गर्ने भन्ने कुरा पनि नेपाली कांग्रेस पार्टीले सरकारलाई, सम्बन्धित निकायलाई अपिल गर्ने भन्ने पनि निर्णय गरेका छौं ।

सँगसँगै यहाँ दोहो¥याउन चाहन्छु सरकारबाट हुने यस बिचमा कुनैपनि अनियमिततामा औंला ठड्याउने तर फेरीपनि सबैलाई सरकारलाई सम्पूर्ण रुपले साथ दिएर हरसम्बत प्रतिपक्षले सघाउने र हर नागरिकले सरकारले निर्माण गरेका रणनीतिहरुलाई, सम्बन्धित निकायले बनाएका रणनीतिहरुलाई साथ दिएर संकटमा सबै एकठाउँ उभिने भन्ने निर्णय पनि यो बैठकले गरेको छ ।’

कांग्रेसले देशभन्दा बाहिर रहेर अप्ठेरोमा परेका नेपालीहरुलाई व्यवस्थित रुपमा क्वारेन्टाइनमा राख्ने व्यवस्था गरी उद्दार गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ । त्यस्तै ज्यालादारी श्रमीकहरुलाई राहत प्रयाप्त नभएको, सहरी क्षेत्रमा डेरा गरेर बस्ने विद्यार्थीहरुलाई राहतको व्यवस्था गर्नुपर्ने माग समेत कांग्रेसले गरेको छ ।

बैंकबाट २० लाख रुपैयाँ सम्म ऋण लिएर व्यवसाय गर्नेहरुलाई कम्तिमा तीन महिनाको ब्याज मिनाहा गर्नुपर्ने, त्यसपछिको ब्याजदर घटाइनुपर्ने, २० लाख भन्दा माथिको ऋण लिएकाहरु, पर्यटन व्यवसायीहरुको ब्याजदरमा छुट दिनुपर्ने लागयतको व्यवस्था गर्न समेत माग गरेको छ । कृषि क्षेत्रमा काम गरेकाहरुलाई ढाडस दिने विषयमा समेत बैठकले सरकारलाई आग्रह गरेको प्रवक्ता शर्माले बताए ।

कांग्रेसले कोरोना भाइरसका विषयमा पार्टीले गर्नुपर्ने कार्यमा सुझाव लिन विज्ञ समुह गठन गर्ने निर्णय समेत गरेको छ । पार्टीले गर्दै आएको सचेतनाको काममा विज्ञ समुहले परामर्श दिएको आधारमा निर्णय गर्दै जाने समेत प्रवक्ता शर्माले बताए ।

उनले भने ‘पदाधिकारीको बैठकले एउटा विज्ञ समुह निर्माण गर्ने, यो समन्र्भमा विषयगत रुपले एउटा विज्ञहरुको समुह निर्माण गर्ने र र पार्टीले अहिलेसम्म जुन रुपमा सचेतनाको सन्दर्भमा कार्य गरिरहेको छ सरकारलाई सुझाव दिने दवाव दिने सरकारलाई सघाउने सन्दर्भमा जे कार्य गरिरहेको यो सन्दर्भमा अव विज्ञ समुह निर्माण गरेर विज्ञ समुहहरुको परामर्शमा थप यसलाई आफ्नो कार्यलाई व्यवस्थित बनाउने भन्ने पनि बैठकले निर्णय गरेको छ ।’

Advertisement
Advertisement

पार्टीका केन्द्रीय सदस्य, संघीय सांसद, गाउँनगर क्षेत्रमा निर्वाचित भएका र उम्मेदवार भएकाहरु, पार्टीको जिल्ला कार्य समितिको नेतृत्व देखि टोल सम्मको नेतृत्वमा रहेका सबैलाई आ–आफ्नो ठाउँबाट उच्च मानविय भावनाका साथ काम गर्न निर्देशन दिएको समेत उनले बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top