आजका प्रमुख खबरहरुः
१.(उडानको प्रतिबन्ध बढ्यो)
अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गतेसम्म बन्द गर्ने सरकारको निर्णय /आन्तरिक उडान बैशाख ३ गते सम्म बन्द/ खाद्य वस्तुको आपूर्तिलाई स्वभाविक राख्ने, आवागमनमा कडाईका साथ निगरानी गर्ने कार्यलाई कायम राख्ने ।
२.(¥यापिड किट परीक्षण)
कोभिड १९ को संक्रमणको उच्च जोखिम भएका जिल्लाहरुमा ¥यापिड किट मार्फत परीक्षणलाई बढाइने / कैलाली, कञ्चनपुर र बाग्लुङ्मा आरडिटी पद्धतीबाट सिघ्र परिक्षण गर्ने र त्यसबाट पोजेटिभ देखिए पिसिआर मेसिनबाट परीक्षण गर्ने ।
३.(संक्रमित थपिएका छैनन्)
मंगलबारसम्म कुल १ हजार ७ सय ९६ जनाको कोरोना परीक्षण /कुनै नयाँ संक्रमित फेला नपरेको र उपचाररत ८ जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाको भनाई ।
४.(सरकारी राहत)
लकडाउनको प्रभावमा परेका १ लाख १४ हजार ३ सय १६ जना परिवारलाई राहत वितरण गरिएको प्रधानमन्त्री कार्यालयको भनाई /संक्रमणको आशंका लागेकाहरुलाई सेवा दिन देशैभर १९ सय ३९ एम्बुलेन्स तयारी अवस्थामा ।
५.(प्रधानमन्त्रीको सम्बोधन)
नेपाल कोरोना भाइरस संक्रमणको दोस्रो चरणमा प्रवेश गरेकाले थप सजग हुनुपर्ने अवस्था आएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई /चिकित्सक, सुरक्षाकर्मीको अझै जोखिमयुक्त क्षेत्रमा काम गर्नेको भूमिका अहम रहने उल्लेख ।
६.(आग्रहको अनुसरण होस्)
विदेशबाट आएका केही नागरिक क्वारेन्टाइनमा बस्न नमानेको उल्लेख गर्दै स्वघोषणा गर्दै सबैलाई क्वारेन्टाइनमा बस्न प्रधानमन्त्री ओलीको आग्रह/ एक जनाको लापरबाहीले राष्ट्रलाई नै क्षति पुरÞ्याउने उल्लेख ।
७.(कोरोनाका लागि रोकियो)
कोरोना भाइरस संक्रमणको जोखिमलाई न्यून गर्न नेपाल भारत सीमामा आएकालाई प्रवेश गर्न नदिइएको प्रधानमन्त्री ओलीको भनाई /भारतबाट आएर २ हजार १४७ नेपालीलाई भारतमा र भारतीय ७ भन्दा बढीलाई नेपालमा नै व्यवस्थापन गरिएको उल्लेख ।
८.(पूरानै सवार पास)
लकडाउनको अवधिभर पूरानै सवारी पासबाटै आवागमन गर्न पाइने /भिडभाड हुनै नदिन र अत्यावश्यक सेवा प्रवाहमा हुने चापलाई व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालयहरुलाई सरकारको परिपत्र ।
९.(परीक्षा स्थगित)
कक्षा ११ र १२ को परीक्षा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित /कोरोनाभाइरस संक्रमणको अवस्थामा सुधार भएर सामान्य अवस्था सिर्जना भएपछि परीक्षाको नयाँ तालिका प्रकाशित गरिने ।
१०.(कांग्रेस सहयोगी बन्दै)
प्रमुख प्रतिपक्ष्ीा दल नेपाली कांग्रेसले सरकारमा नरहेर पनि संकटको बेला सँगै लडन सरकारलाई सहयोग गर्ने /लकडाउन ठूलो जोखिमबाट बच्नका लागि भएकाले सबैलाई ढाड्सका साथ उभिन आग्रह ।
११.(एक्सन टिम गठन)
कोरोनाका कारण देशबाहिर रहेका नेपाली विद्यार्थीहरुमा परेको समस्या समाधानका लागि राष्ट्रिय शैक्षिक परामर्श संघद्वारा एक्सन टिम गठन /संक्रमण बढिरहेका देशमा रहेका विद्यार्थीहरुको डाटा संकलन जारी ।
१२.(अग्रवाल पक्राउ )
शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ /५ हजार रुपैयाँमा पाइने उपकरणलाई १५ हजार रुपैयाँभन्दा धेरै मूल्यमा बिक्री गरेको आरोप ।
१३.(सुविधाको दुरुपयोग)
लकडाउनको समयमा पाएको सुबिधा दुरुपयोग गर्ने एक अटोचालक पक्राउ /दूध ढुवानी सेवा भनी टाँसेर घरेलु रक्सी बोक्ने अटो र अटोचालक हेटौंडा चौकीटोलबाट प्रहरी नियन्त्रणमा ।
१४.(भारतको स्वीकार)
अमेरिकाले कोरोना संक्रमितहरुको उपचारका लागि हाइड्रोक्सी क्लोरो क्वाइन नामक औषधिको निर्यात फुकुवाका लागि गरेको अनुरोध भारतद्वारा स्वीकार /सो औषधिले कोभिड –१९ को उपचार हुने कुनै प्रमाण नभएको चिकित्साहरुको भनाइ ।
र,
१५.(कोरोनाको कहर)
कोभिड–१९ को संक्रमणका कारण हालसम्म विश्वभर करिब ७६ हजार को मृत्यु /१३ लाख ६० हजार बढी संक्रमित /२ लाख ९३ हजार बढी निको भएर घर फर्किए ।