राहतलाई व्यवस्थित गर्न दलहरुसँग प्रदेश १ सरकारले सहयोग माग्यो

२६ चैत ७६, बिहीबार

२६ चैत, विराटनगर ।
प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले सामाजिक संघ संस्थाहरुले गरिरहेको राहत वितरणलाई व्यवस्थित गर्ने सरकारको अभियानलाई सहयोग गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

बुधबार राजनीतिक दलको संयत्रले तयार पारेको अनुगमनको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राईले राजनीतिक दलले आफ्नो संयत्र मार्फत स्थानीय तहसम्म सहजीकरण गर्दा राहत वितरणमा सहयोग पुग्ने बताए ।

नेपाल सरकारको निर्देशिका अनुसार स्थानीय तहले संयत्र बनाएर एकद्वारबाट राहत वितरण गर्नुपर्ने भएपनि विभिन्न समाजिक संघ संस्थाले वितरण गर्ने क्रम नरोकिएपछि मुख्यमन्त्री राईले दलहरुलाई सो आग्रह गरेका हुन् ।

Advertisement

कोरोना भाइसरको सक्रमण हुन नदिन सरकारले गरेको लकडाउनले विपन्न तथा दैनिक ज्यालादारी मजदुरलाई परेको समस्या समाधानका लागि सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गरिरहेको र त्यसैलाई व्यवस्थित बनाउन दलहरुको पनि सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

कोरोना महामारी विरुद्धको अभियान सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था र नागरिक एकजुट भएर अगाडि बढेमात्र सफल हुने बताउँदै संकटका वेला सबै एक हुनुपर्ने बताए ।

Advertisement

राजनीतिक दलका नेताहरुले कोरोनाको संक्रमण रोकथामका लागि प्रदेश सरकारले गरेका कार्यहरु सकारात्मक रहेको भन्दै अझै यसलाई प्रभावकारी ढंगले सञ्चालनु गर्नुपर्ने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top