×

NEPAL TIMES UPDATES

Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026
Playing
चिमोरिया प्रकरणमा तुलसाले सत्य खोलिन्, कति स्वीकारिन् ? || Nepal Times
Apr 05, 2026

दिनभरका प्रमुख खबर

२७ चैत्र २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(परीक्षण परिणाम)
आइतबार यता पाँच दिनमा कुल १४ सय ५४ जनाको कोरोना परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ /अहिलेसम्म ७ हजार ९ सय ४० जना क्वारेन्टाइनमा /११७ जना आइसोलेसनमा ।

Advertisement

२.(दायरा बढ्दै)
सातवटै प्रदेशमा र्यापिड डाइगोनिस्टिक किटबाट कोरोनाको परीक्षण गरिने /प्रत्येक प्रदेशमा ५ हजार किट उपलब्ध/कैलाली र कञ्चनपुरबाट २ सय नमूना जनस्वास्थ्य प्रयोगशालामा ल्याइएकोमा ६६ जनाको नतिजा नेगेटिभ ।

३.(उल्टियो निर्णय)
चौतर्फी विरोधपछि लकडाउनका कारण काठमाडौँमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हट्यो/ उपत्यकाका मानिसलाई बाहिर पठाउँदा कोरोनाको थप जोखिम हुनसक्ने भन्दै बाहिर नपठाउने सरकारको निर्णय ।

४.(विराटनगरबाटै परीक्षण)
कोरोना भाईरसको नमूना परीक्षण अब विराटनगरबाटै सुरु हुने/पहिलो चरणमा ६ सय जनाको नमूना संकलन गर्न पुग्ने केमिकल विराटनगर ल्याईयो/शुक्रबारदेखि प्रदेश नंं १ का क्वारेन्टाईनबाट ¥यापिड टेष्ट गरिने ।

५.(क्वारेन्टाइनमा सांसद)
संघीय सांसद प्रदीप यादवसहित चार जनालाई क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयको निर्देशन /सांसद यादवले भारतीय क्वारेन्टाइनमा रहेका मानिसलाई अनधिकृत रुपमा भेटेर फर्किएका कारण यादव होम क्वारेन्टाइनमा ।

६.(घरबाटै सरकारी काम)
लकडाउनलाई प्रभावकारी बनाउन बिदामा रहेका सम्पूर्ण निजामती कर्मचारीहरूलाई परिचालित हुन सर्कुलर जारी / कर्मचारीलाई आ–आफ्नो घर वा डेरा रहेको स्थानमा क्रियाशील हुन र आवश्यक सक्रियता अपनाउन निर्देशन ।

७.(अनुभवको उपयोग)
कोरोना भाइरस रोकथामका लागि अवकाश प्राप्त र छात्रवृत्तिमा फर्किएका चिकित्सकलाई समेत परिचालन गरिने /अवकाशप्राप्तलाई सेवामा लिँदा उमेरको कुनै हद नहुने र अनुभवी तथा पाका चिकित्सकलाई बढी सुविधा दिइने ।

८.(सुझाव सुनियोस्)
सांसदको तलव काटेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अग्रभागमा रहेर काम गर्नेहरूलाई सुविधा थप गर्न नेपाली कांग्रेसका सांसद गगन थापाको आग्रह /कम जोखिममा रहेर काम गर्नेहरूको तलव काट्न सरकारलाई आग्रह ।

९.(निकासको पहल)
कोरोना रोकथाम तथा नियन्त्रणमा सघाउन शिक्षा मन्त्रालयले पनि छुट्टै तयारी अघि बढायो / पूर्वमन्त्री गणेश साहको संयोजकत्वमा २८ सदस्यीय विज्ञहरूसहितको समिति र ६ वटा उपसमितिसमेत गठन ।

१०.(संरक्षणका लागि अपिल)
लकडाउनमा विभिन्न जिल्लामा वन तथा वन्यजन्तुको तस्करीको घटना बढिरहेको भन्दै थप नोक्सानी हुन नदिन वन मन्त्रालयको अपिल / वन तथा वन्यजन्तुको संरक्षण गर्न सातै प्रदेश सरकारलाई मन्त्रालयको अनुरोध ।

११.(आँखा खुल्यो)
नेपालका लागि किर्गिज गणतन्त्रका मानार्थ अवैतनिक वाणिज्यदूत सुलभ अग्रवालको पद खारेज / सबै अवैतनिक वाणिज्यदूतहरूले प्रयोग गर्ने नीलो नम्बर प्लेट र सवारी साधनमा राष्ट्रिय झण्डाको प्रयोग गर्न दिने निर्णय स्थगित ।

१२.(भारी पर्याे अफवाह)
सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री इश्वर पोखरेललगायतको तस्विर प्रयोग गरि अफवाह फैलाएको आरोपमा दुई जना काठमाडौंबाट पक्राउ /काठमाडौं बुढानिलकण्ठका तारा नाछिरिङ र काभ्रे पनौतीका रामकुमार रघु श्रेष्ठ प्रहरी नियन्त्रणमा ।

१३.(सम्मेलनलाई सकस)
बैशाखमा काठमाडौंमा आयोजना गर्ने भनिएको नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन स्थगित/ विश्वव्यापी बनेको कोभिड–१९ को प्रकोपका कारण सम्मेलन स्थगित गर्नु परेको प्राधिकरणको भनाई ।

१४.(भूमिका फेरबदल)
रसुवागढी नाकाबाट तत्कालका लागि सामान आयात—निर्यात नहुने /अहिलेलाई चीन सरकारले तातोपानी नाकाबाट मात्र अत्यावश्यक सामान निर्यात गर्ने ।

Advertisement

र,
१५.(कोभिडको कहर)
कोरोना महामारीका कारण विश्वभर हालसम्म करिव ९० हजारको मृत्यु/ १५ लाख ३० हजार संक्रमित/ तीन लाख ३७ हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top