आजका प्रमुख खबरहरुः
१.(परीक्षण परिणाम)
आइतबार यता पाँच दिनमा कुल १४ सय ५४ जनाको कोरोना परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ /अहिलेसम्म ७ हजार ९ सय ४० जना क्वारेन्टाइनमा /११७ जना आइसोलेसनमा ।
२.(दायरा बढ्दै)
सातवटै प्रदेशमा र्यापिड डाइगोनिस्टिक किटबाट कोरोनाको परीक्षण गरिने /प्रत्येक प्रदेशमा ५ हजार किट उपलब्ध/कैलाली र कञ्चनपुरबाट २ सय नमूना जनस्वास्थ्य प्रयोगशालामा ल्याइएकोमा ६६ जनाको नतिजा नेगेटिभ ।
३.(उल्टियो निर्णय)
चौतर्फी विरोधपछि लकडाउनका कारण काठमाडौँमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हट्यो/ उपत्यकाका मानिसलाई बाहिर पठाउँदा कोरोनाको थप जोखिम हुनसक्ने भन्दै बाहिर नपठाउने सरकारको निर्णय ।
४.(विराटनगरबाटै परीक्षण)
कोरोना भाईरसको नमूना परीक्षण अब विराटनगरबाटै सुरु हुने/पहिलो चरणमा ६ सय जनाको नमूना संकलन गर्न पुग्ने केमिकल विराटनगर ल्याईयो/शुक्रबारदेखि प्रदेश नंं १ का क्वारेन्टाईनबाट ¥यापिड टेष्ट गरिने ।
५.(क्वारेन्टाइनमा सांसद)
संघीय सांसद प्रदीप यादवसहित चार जनालाई क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयको निर्देशन /सांसद यादवले भारतीय क्वारेन्टाइनमा रहेका मानिसलाई अनधिकृत रुपमा भेटेर फर्किएका कारण यादव होम क्वारेन्टाइनमा ।
६.(घरबाटै सरकारी काम)
लकडाउनलाई प्रभावकारी बनाउन बिदामा रहेका सम्पूर्ण निजामती कर्मचारीहरूलाई परिचालित हुन सर्कुलर जारी / कर्मचारीलाई आ–आफ्नो घर वा डेरा रहेको स्थानमा क्रियाशील हुन र आवश्यक सक्रियता अपनाउन निर्देशन ।
७.(अनुभवको उपयोग)
कोरोना भाइरस रोकथामका लागि अवकाश प्राप्त र छात्रवृत्तिमा फर्किएका चिकित्सकलाई समेत परिचालन गरिने /अवकाशप्राप्तलाई सेवामा लिँदा उमेरको कुनै हद नहुने र अनुभवी तथा पाका चिकित्सकलाई बढी सुविधा दिइने ।
८.(सुझाव सुनियोस्)
सांसदको तलव काटेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अग्रभागमा रहेर काम गर्नेहरूलाई सुविधा थप गर्न नेपाली कांग्रेसका सांसद गगन थापाको आग्रह /कम जोखिममा रहेर काम गर्नेहरूको तलव काट्न सरकारलाई आग्रह ।
९.(निकासको पहल)
कोरोना रोकथाम तथा नियन्त्रणमा सघाउन शिक्षा मन्त्रालयले पनि छुट्टै तयारी अघि बढायो / पूर्वमन्त्री गणेश साहको संयोजकत्वमा २८ सदस्यीय विज्ञहरूसहितको समिति र ६ वटा उपसमितिसमेत गठन ।
१०.(संरक्षणका लागि अपिल)
लकडाउनमा विभिन्न जिल्लामा वन तथा वन्यजन्तुको तस्करीको घटना बढिरहेको भन्दै थप नोक्सानी हुन नदिन वन मन्त्रालयको अपिल / वन तथा वन्यजन्तुको संरक्षण गर्न सातै प्रदेश सरकारलाई मन्त्रालयको अनुरोध ।
११.(आँखा खुल्यो)
नेपालका लागि किर्गिज गणतन्त्रका मानार्थ अवैतनिक वाणिज्यदूत सुलभ अग्रवालको पद खारेज / सबै अवैतनिक वाणिज्यदूतहरूले प्रयोग गर्ने नीलो नम्बर प्लेट र सवारी साधनमा राष्ट्रिय झण्डाको प्रयोग गर्न दिने निर्णय स्थगित ।
१२.(भारी पर्याे अफवाह)
सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री इश्वर पोखरेललगायतको तस्विर प्रयोग गरि अफवाह फैलाएको आरोपमा दुई जना काठमाडौंबाट पक्राउ /काठमाडौं बुढानिलकण्ठका तारा नाछिरिङ र काभ्रे पनौतीका रामकुमार रघु श्रेष्ठ प्रहरी नियन्त्रणमा ।
१३.(सम्मेलनलाई सकस)
बैशाखमा काठमाडौंमा आयोजना गर्ने भनिएको नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन स्थगित/ विश्वव्यापी बनेको कोभिड–१९ को प्रकोपका कारण सम्मेलन स्थगित गर्नु परेको प्राधिकरणको भनाई ।
१४.(भूमिका फेरबदल)
रसुवागढी नाकाबाट तत्कालका लागि सामान आयात—निर्यात नहुने /अहिलेलाई चीन सरकारले तातोपानी नाकाबाट मात्र अत्यावश्यक सामान निर्यात गर्ने ।
र,
१५.(कोभिडको कहर)
कोरोना महामारीका कारण विश्वभर हालसम्म करिव ९० हजारको मृत्यु/ १५ लाख ३० हजार संक्रमित/ तीन लाख ३७ हजार बढी निको भएर घर फर्किए ।