कोरोनाको रोकथामको लागि सरकारले गरिरहेको कामको अनुगमन हुने

Share this
687shares

२८ चैत, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग र विभिन्न सङ्घ संस्थाले कोरोना भाइरस (कोभिड १९) को रोकथामको लागि सरकारले गरिरहेको कामको अनुगमन गर्ने भएका छन् ।

Advertisement

कोरोनाको रोकथामका लागि सरकारले गरिरहेका काम, स्वास्थ्य उपचारको व्यवस्था, आम उपभोक्ताको अधिकार, अभिव्यक्ति स्वतन्त्रता, न्याय प्रशासनमा पहुँच, नागरिक कर्तव्य लगायतका विषयमा अनुगमन गरी सुझाव दिन समिति गठन गरिएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।

मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालको संयोजकत्वमा गठित समितिमा आयोगका सचिव वेद भट्टराई, नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लीलामणि पौड्याल छन् ।

Advertisement

त्यस्तै नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्ट, नेपाल गैरसरकारी संस्था महासङ्घका अध्यक्ष जीतमान लामा र महासचिव रामप्रसाद सुवेदी र मानवअधिकार आयोगका निर्देशक डाक्टर टीकाराम पोखरेल सदस्य छन् ।

अनुगमनलाई थप प्रभावकारी बनाउन सात वटै प्रदेशमा प्रदेशस्तरीय र ७७ वटै जिल्लामा जिल्लास्तरीय अनुगमन समिति पनि गठन गरिएको आयोगले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top