कोशी अस्पतालका ल्यावको निरिक्षणमा पुगे मुख्यमन्त्री राई

२८ चैत, विराटनगर । कोरोना भाईरसका शंकास्पद विरामीको नमूना परिक्षणका लागि कोशी अस्पताल विराटनगरमा राखिएका ल्यावको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार निरिक्षण गरेका छन् ।

कोरोना भाईरसको कोशी अस्पताल विराटनगरबाट शंकास्पद व्यक्तिको नमूना परीक्षण शुरु गर्नुपुर्व मुख्यमन्त्री राई, सामाजिक विकास मन्त्री जीवन घिमिरेले ल्यावको निरिक्षण गरेका हुन् ।

विराटनगरबाट कोरोना परीक्षणका लागि आवस्यक तयारी सकिएपछि प्रदेश सरकारबाट ल्यावको निरिक्षण गरिएको हो । ल्यावको निरिक्षण गर्दै मुख्यमन्त्री राईले कोशी अस्पतालमा राखीएको ल्याव काठमाण्डौं पछिको ठूलो क्षमताको भएको वताए । उनले विराटनगरको ल्यावबाट दैनिक बढीमा २ सय सम्मको नमूना संकलन गर्न सकिने बताए ।

मुख्यमन्त्री राईले भने,‘ भयको स्थिति भएकाले ढुक्क हुन पनि अधिकतम परिक्षणमा जानुप¥यो ।’ कोरोना परिक्षणलाई उच्च प्राथमिकतामा राखेर मेसिनहरु सञ्चालन गरिएको उनले बताए । कोरोना परीक्षणका लागि आवस्यक उपकरणहरु र केमिकलहरु विहिबार हेलिकप्टरबाट विराटनगर ल्याइएको थियो ।

कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले संभवत शुक्रबारसाँझदेखि परीक्षण शुरु गरिने बताइन । उनले भनिन्,‘शुक्रबार साँझदेखि परीक्षण शुरु संभव नभए भोली विहानदेखि शुरु गर्छौ ।’ विराटनगरबाट गरिने कोरोना परीक्षणका लागि पहिलो चरणमा ६ सय जनाको नमूना संकलन गर्न पुग्ने केमिकल ल्याईएको वीर अस्पताल काठमाण्डौंका जेनेटिक साईन्टीस् तथा कोरोना परिक्षण विज्ञ समूहका वलराम गौतमले बताए ।

यसैवीच क्वारेन्टाईनमा बसेकाहरुको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी)का लागि शुक्रबार देखि प्रदेश १ का ४ स्थानमा टोली खटिएको छ । मोरङको टाँडी, झापाको मेचीनगर र भद्रपुर, सुनसरीको धरान र उदयपुरको बेलश्रोत क्वारेन्टाईनमा बसेकाको आरडिटीका लागि टोली प्रस्थान गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले वताए ।

शुक्रबार र शनिबार प्रदेश १ का १४ वटै जिल्लामा रहेका क्वारेन्टाईनमा वसेकाको टेष्टका लागि आवस्यक सामान किट र पीपीई पठाईसकिने मन्त्री घिमिरेले वताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top