वीरगञ्जमा संक्रमित तीन भारतीयसँग भेट गर्ने २६ जना क्वारेन्टाइनमा

३० चैत, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित तीन जना भारतीयसँग भेट गर्ने २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

कोरोना संक्रमित भारतीय नागरिकसँग भेट गरेका उनीहरुलाई शनिबार बेलुका नै छपकैया र घुसुकपुरस्थित मस्जिदबाट नियन्त्रणमा लिएर वीरगञ्जमा सिद्धार्थ माविस्थित क्वारेन्टाइनमा पर्साका एसपी गंगा पन्तले जानकारी दिइन् ।

वीरगञ्जबाट बिहिबार २४ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडामा पठाइएकोमा तीन जना बाहेक अरुको रिपोर्ट नेगेटिभ आएको थियो ।

रिपोर्ट नेगेटिभ आएका २१ जना र उनीहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेका तीन जना मुस्लिम धर्म गुरु र दुई जना स्थानीयलाई पनि क्वारेन्टाइनमा राखिएको हो । क्वारेन्टाइनमा पठाएका मध्ये ४ नेपाली र २२ भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

जमाती सबैले सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा आएपछि नेपालमै रहेको दावी गर्दै आएका छन् । तर उनीहरु वीरगञ्जको छपकैयास्थित मस्जिदमा आएको दुई साता मात्रै भएको बताइएको छ ।

संक्रमितहरुलाई नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top