आजका प्रमुख खबरहरुः
१.(खतराको घण्टी)
वीरगञ्जबाट २ साताअघि कैलालीको लम्की पुगेकी एक महिला र रौतहटमा क्वारेन्टाइनमा बसेका एक युवकमा पनि कोरोना संक्रमण पुष्टि /संक्रमितको संख्या १४ पुग्यो ।
२.(पछिल्लो डाटा)
पछिल्लो २४ घण्टामा ५ सय १९ वटा कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयको भनाई / ५२ जिल्लाहरुमा आरटीडी परीक्षण सुरु /क्वारेन्टाइनमा आजसम्म ७ हजार १ सय ६६ र आइसोलेसनमा १ सय ३ जना भर्ना ।
३.(बोलेर मात्रै नहुने)
अत्यावश्यक औषधिहरूको उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने स्वास्थ्यमन्त्री भानुभक्त ढकालको भनाई /भोलिका दिनमा नेपालमा चाहिने अत्यावश्यक औषधिहरूमा आत्मनिर्भर हुन सकियोस भनेर काम गर्नुपर्नेमा जोड ।
४.(लकडाउनमा नयाँ वर्ष)
विक्रम संवत् २०७६ साललाई बिदा गरी नयाँ वर्ष २०७७ साल आजबाट शुरु / कोरोना महामारीका कारण मुलुक लकडाउनको अबस्थामा रहेकाले घरमै बसेर नयाँ वर्ष मनाईंयो /राष्ट्रिय गान गाएर र ताली बजाएर नयाँ सालको सुरुवात ।
५.(प्रधानमन्त्रीको सन्देश)
कोभिड–१९ संक्रमणको कारण नयाँ वर्षलाई अप्ठ्यारो परिस्थितिमा स्वागत गर्न बाध्य भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई /कोरोना महामारी अन्त्य नहुन्जेलसम्म आफ्नो परिश्रमिक नलिने घोषणा /लकडाउनका विषयमा अबको दुई दिनमा सरकारले निर्णय गर्ने ।
६.(प्रविधिको उपयोग)
संघीय संसद राष्ट्रिय साभाका अध्यक्ष गाणेशप्रसाद तिमिल्सिनाद्वारा राष्ट्रियसभा सदस्यहरुसँग भिडियो कन्फ्रेन्स मार्फत छलफल /लकडाउनको अवस्थामा जनस्तरका समस्याहरुको समाधानका लागि लागिपर्न सांसदहरुलाई आग्रह ।
७.(काजीको उदारता)
एक वर्षको पारिश्रमिक नलिने सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको घोषणा / राष्ट्रियसभाबाट आफूले पाउने दुई महिनाको पारिश्रमिक कोभिड–१९ कोषमा र बाँकी महिनाको पारिश्रमिक विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजमा दिने उल्लेख ।
८.(राजपाको मत)
मुलुकमा देखिएका सबैखाले समस्याको समाधानका निम्ति राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्नेमा राजपा नेपालको जोड / सबै प्रकारको समस्याबाट मुक्ति पाउन सबैलाई समेटेर राष्ट्रिय सहमतिका लागि छलफल अगाडि बढाउन आग्रह ।
९.(लकडाउन मानिदिएको भए)
सप्तरीमा प्रहरी र लकडाउन उल्लंघन गर्नेहरुबीच चर्को विवादपछि भएको भागदौडमा ६५ वर्षकी जैनव खातुनको उपचारका क्रममा मृत्यु /मृतक महिला उच्च रक्तचापका कारण ढलेर बेहोस भएको ईलाका प्रहरीको भनाई।
१०.(प्रदेश सरकारको घोषणा)
प्रदेश १ मा कोरोना भाइरसको नियन्त्रणमा संलग्न व्यक्तिको मृत्यु भएमा सरकारले ५० लाख रुपैयाँ दिने /राहत वितरणका लागि प्रदेशका स्थानीय तहलाई साढे ९ करोड र सुरक्षा निकायलाई १ करोड ६८ लाख निकासा ।
११.(सर्तकता जरुरी)
वीरगन्जमा तीनजना भारतीयमा संक्रमण पुष्टि भएसँगै प्रदेश २ सरकारले थाल्यो दक्षिणवर्ती सीमा सिल गर्न गृहकार्य /कोरोना संक्रमण परीक्षण गर्ने पीसीआर वीरगञ्ज र राजविराजमा जडान गर्ने मुख्यमन्त्री लालबाबु राउतको भनाई ।
१२.(सवारीका लागि ई–पास)
लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि ई–पासको व्यवस्था/ खाद्यान्न ढुवानी, बिरामी ओसार पसार, शव वाहन र अन्य अतिआवश्यक परेको खण्डमा अनलाइनमार्फत फाराम भरेर पास लिन सकिने ।
१३.(जनवारको सवाल)
विश्वव्यापी महामारी रोकथामका लागि जंगली जनवारको बिक्रिवितरणमा प्रतिबन्ध लगाउन राष्ट्रसंघको जैविक विविधता प्रमुखको आग्रह /जंगली जनावरको व्यापारमा निर्भर भएकाहरुका लागि आर्थिक र खाद्य सुरक्षाको प्रत्याभूति गर्न जोड ।
१४.(नेपाल पनि सोचोस)
यूएईमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्किन चाहेको खण्डमा नफर्काए त्यस्ता देशसँग श्रम समझदारी रद्दगर्ने यूएई सरकारको चेतावनी/ तीदेशहरुसँग युएईले भविष्यमा रोजगारीमाथि पनि प्रतिबन्ध लगाउने ।
र,
१५.(आततायी तथ्याङ)
विश्वव्यापी महामारी कोरोनाको संक्रमणका कारण अहिलेसम्म एक लाख १५ हजार बढीको मृत्यु / १८ लाख ६४ हजार बढी संक्रमित /४ लाख ३३ हजार बढी निको भएर घर फर्किए ।