×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

दिनभरका प्रमुख खबर

१ बैशाख २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(खतराको घण्टी)
वीरगञ्जबाट २ साताअघि कैलालीको लम्की पुगेकी एक महिला र रौतहटमा क्वारेन्टाइनमा बसेका एक युवकमा पनि कोरोना संक्रमण पुष्टि /संक्रमितको संख्या १४ पुग्यो ।

Advertisement

२.(पछिल्लो डाटा)
पछिल्लो २४ घण्टामा ५ सय १९ वटा कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयको भनाई / ५२ जिल्लाहरुमा आरटीडी परीक्षण सुरु /क्वारेन्टाइनमा आजसम्म ७ हजार १ सय ६६ र आइसोलेसनमा १ सय ३ जना भर्ना ।

३.(बोलेर मात्रै नहुने)
अत्यावश्यक औषधिहरूको उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने स्वास्थ्यमन्त्री भानुभक्त ढकालको भनाई /भोलिका दिनमा नेपालमा चाहिने अत्यावश्यक औषधिहरूमा आत्मनिर्भर हुन सकियोस भनेर काम गर्नुपर्नेमा जोड ।

४.(लकडाउनमा नयाँ वर्ष)
विक्रम संवत् २०७६ साललाई बिदा गरी नयाँ वर्ष २०७७ साल आजबाट शुरु / कोरोना महामारीका कारण मुलुक लकडाउनको अबस्थामा रहेकाले घरमै बसेर नयाँ वर्ष मनाईंयो /राष्ट्रिय गान गाएर र ताली बजाएर नयाँ सालको सुरुवात ।

५.(प्रधानमन्त्रीको सन्देश)
कोभिड–१९ संक्रमणको कारण नयाँ वर्षलाई अप्ठ्यारो परिस्थितिमा स्वागत गर्न बाध्य भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई /कोरोना महामारी अन्त्य नहुन्जेलसम्म आफ्नो परिश्रमिक नलिने घोषणा /लकडाउनका विषयमा अबको दुई दिनमा सरकारले निर्णय गर्ने ।

६.(प्रविधिको उपयोग)
संघीय संसद राष्ट्रिय साभाका अध्यक्ष गाणेशप्रसाद तिमिल्सिनाद्वारा राष्ट्रियसभा सदस्यहरुसँग भिडियो कन्फ्रेन्स मार्फत छलफल /लकडाउनको अवस्थामा जनस्तरका समस्याहरुको समाधानका लागि लागिपर्न सांसदहरुलाई आग्रह ।

७.(काजीको उदारता)
एक वर्षको पारिश्रमिक नलिने सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको घोषणा / राष्ट्रियसभाबाट आफूले पाउने दुई महिनाको पारिश्रमिक कोभिड–१९ कोषमा र बाँकी महिनाको पारिश्रमिक विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजमा दिने उल्लेख ।

८.(राजपाको मत)
मुलुकमा देखिएका सबैखाले समस्याको समाधानका निम्ति राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्नेमा राजपा नेपालको जोड / सबै प्रकारको समस्याबाट मुक्ति पाउन सबैलाई समेटेर राष्ट्रिय सहमतिका लागि छलफल अगाडि बढाउन आग्रह ।

९.(लकडाउन मानिदिएको भए)
सप्तरीमा प्रहरी र लकडाउन उल्लंघन गर्नेहरुबीच चर्को विवादपछि भएको भागदौडमा ६५ वर्षकी जैनव खातुनको उपचारका क्रममा मृत्यु /मृतक महिला उच्च रक्तचापका कारण ढलेर बेहोस भएको ईलाका प्रहरीको भनाई।

१०.(प्रदेश सरकारको घोषणा)
प्रदेश १ मा कोरोना भाइरसको नियन्त्रणमा संलग्न व्यक्तिको मृत्यु भएमा सरकारले ५० लाख रुपैयाँ दिने /राहत वितरणका लागि प्रदेशका स्थानीय तहलाई साढे ९ करोड र सुरक्षा निकायलाई १ करोड ६८ लाख निकासा ।

११.(सर्तकता जरुरी)
वीरगन्जमा तीनजना भारतीयमा संक्रमण पुष्टि भएसँगै प्रदेश २ सरकारले थाल्यो दक्षिणवर्ती सीमा सिल गर्न गृहकार्य /कोरोना संक्रमण परीक्षण गर्ने पीसीआर वीरगञ्ज र राजविराजमा जडान गर्ने मुख्यमन्त्री लालबाबु राउतको भनाई ।

१२.(सवारीका लागि ई–पास)
लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि ई–पासको व्यवस्था/ खाद्यान्न ढुवानी, बिरामी ओसार पसार, शव वाहन र अन्य अतिआवश्यक परेको खण्डमा अनलाइनमार्फत फाराम भरेर पास लिन सकिने ।

१३.(जनवारको सवाल)
विश्वव्यापी महामारी रोकथामका लागि जंगली जनवारको बिक्रिवितरणमा प्रतिबन्ध लगाउन राष्ट्रसंघको जैविक विविधता प्रमुखको आग्रह /जंगली जनावरको व्यापारमा निर्भर भएकाहरुका लागि आर्थिक र खाद्य सुरक्षाको प्रत्याभूति गर्न जोड ।

१४.(नेपाल पनि सोचोस)
यूएईमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्किन चाहेको खण्डमा नफर्काए त्यस्ता देशसँग श्रम समझदारी रद्दगर्ने यूएई सरकारको चेतावनी/ तीदेशहरुसँग युएईले भविष्यमा रोजगारीमाथि पनि प्रतिबन्ध लगाउने ।

Advertisement

र,
१५.(आततायी तथ्याङ)
विश्वव्यापी महामारी कोरोनाको संक्रमणका कारण अहिलेसम्म एक लाख १५ हजार बढीको मृत्यु / १८ लाख ६४ हजार बढी संक्रमित /४ लाख ३३ हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top