कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार, चार जना पक्राउ

कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार, चार जना पक्राउ

२ बैशाख, कैलाली । कैलालीमा १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

सोमबार दिउँसो साढे १२ बजे गौरीगंगा नगरपालिका १ मा आफन्तको घरबाट धनगढी फर्किँदै गर्दा किशोरीमाथि सामूहिक बलात्कार भएको थियो ।

ती किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलमा आएका उनीहरुले धारिलो हतियार देखाई किशोरीसँगै आएका अन्य तीन लाई कुटपिट गरेका थिए। पीडितलाई उनीहरूले तीन सय मिटर घिसारेर लगी बलात्कार गरेका थिए।

प्रहरीले खबर पाएलगत्तै उनीहरूलाई वडा ४बाट पक्राउ गरेको हो । प्रहरीले उनीहरूले प्रयोग गरेको धारिलो हतियार र मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.