यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

२ बैशाख, काठमाडौँ ।
सरकारले लक डाउनको अवधि वैशाख १५ गतेसम्म थप गर्ने निर्णय गरेको छ । पहिलो पटक चैत ११ गतेबाट लागु हुनेगरी एक हप्ता लक डाउनको घोषणा गरेको सरकारले चौथो पटक बैशाख १५ गतेसम्म समय थपेको हो ।

Advertisement

यसअघि लक डाउन अवधि बढाउँदै चैत २५ गतेसम्म प¥याइएको थियो । त्यसपछि वैशाख ३ गतेमध्यरातिसम्म लकडाउनको अवधि थप गरिएको थियो । कोरोना भाइरसको संक्रमण अझै फैलिने सम्भावना देखिएकाले लक डाउनलाई बैशाख १५ गते सोमबार मध्यरात सम्मका लागि निरन्तर दिने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहनुभएका अर्थमन्त्री युवराज खतिवडाले बताए ।

यसैगरी सरकारले नेपाल प्रवेश गर्ने सबै विन्दु र भारतसँग जोडिएका खुला सीमानाकालाई बन्दलाई पनि निरन्तरता दिने निर्णय गरेको छ । मालसामानको ढुवानी जारी रहेपनि मानिसहरुको आवतजावत पूर्ण रुपमा बन्द गरिएको छ । सरकारी निर्णयको अवज्ञा गर्दै नेपाल प्रवेश गर्ने वा कुनै विदेशी नागरिकलाई लुकाएर राखेको पाइएमा प्रचलित कानून अनुसार कारवाही गर्ने निर्णय पनि गरिएको खतिवडाले बताए ।

Advertisement

सरकारले सहसचिवहरुको बढुवा तथा सचिवहरुको सरुवा गर्ने निर्णय पनि गरेको छ । प्रशासन कलस्टरका सह सचिव अर्जुन पोखरेललाई सचिवमा बढुवा गर्दै प्रदेश नम्बर २ को प्रमुख सचिवमा सरुवा गरेको छ । प्रदेश नम्बर २ का प्रमुख सचिवलाई सुदूपरपश्चिमको प्रमुख सचिवमा सरुवा गर्ने निर्णय सरकारले गरेको छ । त्यसैगरी इञ्जिनियरिङ कलस्टरका सहसचिव सागर राईलाई सचिवमा बढुवा बढुवा गर्दै नेपाल ट्रष्टको सचिवमा सरुवा गरिएको उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top