२ बैशाख, काठमाडौँ ।
सरकारले सहसचिवहरुको बढुवा तथा सचिवहरुको सरुवा गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन कलस्टरका सह सचिव अर्जुन पोखरेललाई सचिवमा बढुवा गर्दै प्रदेश नम्बर २ को प्रमुख सचिवमा सरुवा गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका अर्थमन्त्री युवराज खतिवडाले बताए ।
त्यस्तै प्रदेश नम्बर २ का प्रमुख सचिवलाई सुदूपरपश्चिमको प्रमुख सचिवमा सरुवा गर्ने निर्णय सरकारले गरेको छ । त्यसैगरी इञ्जिनियरिङ कलस्टरका सहसचिव सागर राईलाई सचिवमा बढुवा बढुवा गर्दै नेपाल ट्रष्टको सचिवमा सरुवा गरिएको उनले बताए ।


