दिल्लीमा पिज्जा डेलिभरी ब्वाइमा कोरोना, ७२ घर क्वारेन्टाइनमा

३ बैशाख ७७, बिहीबार

४ वैशाख, एजेन्सी ।
भारतको राजधानी नयाँ दिल्लीमा एकजना पिज्जा डेलिभरी ब्वाइमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

भारतमा जारी लकडाउनमा अत्यावश्यक सामाग्रीहरुको वितरण गर्न भने रोक लगाइएको छैन। जसमध्ये एक हो फुड डेलिभरी।
यसरी फुड डेलिभरी गर्नका लागि हजारौंको संख्याको डेलिभरी ब्वाइहरु लकडाउनको समयमा खटिरहेका छन्।

यसैबीच दिल्लीमा एक डेलिभरी ब्वाइमा कोरोना संक्रमण देखिएसँगै त्यहाँ त्रास फैलिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। संक्रमित डेलिभरी ब्वाइले दक्षिण दिल्लीमा पिज्जा डेलिभरी गर्दै आइरहेका थिए।

Advertisement

उनमा भाइरसको संक्रमण पाइएसँगै दक्षिण दिल्लीको ७२ घरमा बस्नेहरुलाई क्वारेन्टाइनमा बस्न प्रशासनले आग्रह गरेको छ। साथै उनीसँगै काम गर्ने १७ डेलिभरी ब्वाइलाई पनि क्वानरेन्टाइनमा राखिएको छ।

दक्षिण दिल्लीका अधिकारीहरुले पहिलो चरणमा डेलिभरी ब्वाइ पुगेको ७२ घरका मानिसलाई मात्रै क्वारेन्टाइनमा राखेको बताएको छन्। तर उनीहरुलाई परीक्षण गर्ने वा नगर्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top